महिलाले भाडामा पुरुष राख्न पाउने

महिलाले भाडामा पुरुष राख्न पाउने

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • महिलाले भाडामा पुरुष राख्न पाउने

    जापानमा नयाँ सेवा सुरु भएको छ । काममा व्यस्त र साथि बनाउन नपाएका महिलाहरुले भाडामा पुरुष साथी लिन पाउनेछन् । उनीहरुले आफू बेखुसी वा उच्च तनावमा भएका बेला त्यस्ता पूरुषलाई बोलाउन सक्छन् ।

    लाईसेन्स प्राप्त पुरुषहरुले रुने थेरापी गरेर महिलाहरुको तनाव घटाउन भूमिका खेल्छन् । सेप्टेम्बर २४ बाट जापानमा यस्तो सेवा सूचारु भएको थियो र अहिले थुप्रै महिलाहरु यस्तो सेवामा आकर्षित छन् ।

    आफ्नो अवस्था अनुसार महिलाहरुले तनाव हटाउन भाई, बौद्धिक व्यक्ति, ब्याड ब्वाई र आकर्षक पुरुष बोलाउन सक्छन् । सबैको विशेषता फरक फरक हुनेछ ।

    यस्तो योजना बनाउने हिरोकी तेराई भन्छन्, टोकियोमा काम गर्ने जापानी महिलाहरु निकै तनावमा हुन्छन् । कहिलेकाँही रुन्छन् समेत । हामी उनीहरुको आँशु हटाउन चाहन्छौँ ।

    केहीले यस योजनालाई यौनकार्यका रुपमा विश्लेषण गरेका छन् । तर तेराई यसलाई खण्डन गर्छन् । उनी यस योजनाको सुरु आतबाटै महिलाहरुले पुरुष बोलाउने काम सुरु भएको बताउँछन् । उनी महिलाहरुलाई रुवाएर उनीहरुको तनाव घटाउन र राम्रो अनुभव गराउन मात्रै यस्तो योजना ल्याइएको बताउँछन् ।

    सम्बन्धित खवर