श्रीमती र छोराको मृत्यु भएपछी ६५ वर्षीय केशवप्रसाद आचार्य डेढ महिनादेखि चिहानमै बस्दै :गहभरि आँसु पार्दै आचार्यले भन्नुभयो, “म त्यसै यहाँ आएर बस्ने मान्छे होइन”

श्रीमती र छोराको मृत्यु भएपछी ६५ वर्षीय केशवप्रसाद आचार्य डेढ महिनादेखि चिहानमै बस्दै :गहभरि आँसु पार्दै आचार्यले भन्नुभयो, “म त्यसै यहाँ आएर बस्ने मान्छे होइन”

  • , 5.9K जनाले हेर्नुभयो
  • 5.9K
    SHARES

  • श्रीमती र छोराको मृत्यु भएपछी ६५ वर्षीय केशवप्रसाद आचार्य डेढ महिनादेखि चिहानमै बस्दै :गहभरि आँसु पार्दै आचार्यले भन्नुभयो, “म त्यसै यहाँ आएर बस्ने मान्छे होइन”

    चिहानमा भूत प्रेत हुन्छ र तर्साउँछ भनिन्छ । त्यहाँ जिउँदो मानिस सुत्नुहुन्न भन्ने चलन पनि छ तर त्यही चिहान घरमा डेढ महिनादेखि नुवाकोटका ६५ वर्षीय केशवप्रसाद आचार्यको गाँस र बास चल्दै आएको छ ।तारकेश्वर नगरपालिका वडा नं ४ को सानो पुलनजिक स्थानीय नगरकोटी (पुतुवार)हरूको घाट (चिहान घर)रहेको छ ।

    त्यहाँ प्राचीनकालदेखि नै नगरकोटी (पुतुवार) समुदायका मानिसको निधन हुँदा जलाउने चलन छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।त्यही चिहान घरमा खाने र बस्ने गर्दै आउनुभएका आचार्यलाई भेट्न बिहीबार बिहान चिहान घरमा पुग्दा आचार्यले ओढ्ने, ओछ्याउने थोत्रा र मैला थिए । भाँडाकुँडाका नाममा एउटा फुटेको कराईमा तरकारी पाकेको थियो । भात किन पकाउनु भएन भनी सोध्दा आचार्यले ‘चामल खोज्नै बाँकी छ’ भन्नुभयो । चिहान घरमा सुत्दा तर्साउँछ, नराम्रो सपना देखिन्छ अरे हो भन्ने जिज्ञासामा आचार्यले फिस्स हाँस्दै भन्नुभयो, “नराम्रो सपना पनि देखेको छैन र अहिलेसम्म तर्साएको पनि छैन, मनमा डर लियो भने जे पनि हुन्छ नत्र केही हुँदैन । ” जल्दोबल्दो उमेरमा आचार्यले गीत गाएर मासिक १२ हजार रुपियाँसम्म गाउँघरमा कमाउनुभएको जानकारी दिनुभयो ।

    उहाँले असारे गीत बढी गाउने गरेको जानकारी दिँदै ‘सानो माया लगाउनै गाह्रो।।।’ बोलको गीत पनि गुन्गुनाउनु भयो ।आचार्य चिहान घरमा आउनुको पीडा छुट्टै छ । उहाँले आफ्ना बाबु–आमा, दाजु–भाउजू, दुई नाति, श्रीमती ईश्वरी र छोरा श्याम आचार्यलाई जलाइसक्नुभएको छ । पछिल्लोपटक छोरा श्यामको निधनपछि निकै विरक्त लागेको गहभरि आँसु पार्दै आचार्यले भन्नुभयो, “म त्यसै यहाँ आएर बस्ने मान्छे होइन, बसेको कोठमा श्रीमती मरी, त्यहीँ छोरा पनि म¥यो, घरपट्टीले कोठा खाली गर भनेपछि कहाँ जाने र?’’ नुवाकोटको थानसिं स्थायी ठेगाना भएका आचार्य सुख खोज्दै चितवन पुग्नुभयो । जग्गा किन्नुभयो, घर बनाउनुभयो तर त्यो खुसी लामो समयसम्म टिकेन । घर पनि जल्यो । त्यसपछि उहाँ श्रीमती र छोरासहित काठमाडौँ फर्केर मजदुरी गर्दै आउनुभयो ।

    सम्बन्धित खवर