कोरियन भाषामा दुईपटक नै एक नम्वर नपुगेर फेल भएका सन्देश काँचो मःम बेचेर मनग्ये आम्दानी गर्दै अहिले १२ जनालाई रोजगार समेत दिएका छन्

कोरियन भाषामा दुईपटक नै एक नम्वर नपुगेर फेल भएका सन्देश काँचो मःम बेचेर मनग्ये आम्दानी गर्दै अहिले १२ जनालाई रोजगार समेत दिएका छन्

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • कोरियन भाषामा दुईपटक नै एक नम्वर नपुगेर फेल भएका सन्देश काँचो मःम बेचेर मनग्ये आम्दानी गर्दै अहिले १२ जनालाई रोजगार समेत दिएका छन्

    कोरियन भाषामा दुईपटक नै एक नम्वर नपुगेर फेल भएका सन्देश काँचो मःम बेचेर मनग्ये आम्दानी गर्दै

    – पढ्दापढ्दै कोरिया जान दुईपटकसम्म इपीएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण भए । दुईपटक नै एक नम्वर नपुगेर इपीएस पास गर्न नसकेका सन्देश रिजालका लागि त्यो परीक्षा नै सफलताको सूत्रधार बन्यो ।

    दुईपटकको असफलता पछि उनले बिर्तामोडमा मःमः फर्म खोले । जसले उनलाई अहिले स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगार बन्न मद्दत पु¥याएको छ ।
    उनको मःम फर्म अहिले बिर्तामोडको मात्र होइन, झापाकै लोकप्रिय फर्मको रुपमा चिनिएको छ । बिर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उनले उरी मःम फर्म खोलेका छन् ।

    उरी अर्थात् कोरियन भाषामा नाम जुराए– उनले । पटक–पटकको असफलतापछि उनले कोरियन भाषामै मःम फर्मको नाम राखे जुन फर्मबाट उनको अहिलेको कमाई कोरियाको भन्दा कम छैन । २०७२ साल साउन १५ गते फर्म दर्ता गरेर कारोबार शुरु गरेका उनले अहिले १२ जनालाई रोजगार दिएका छन् भने उनको फर्ममा दैनिक ३० हजार रुपैयाँको कारोबार हुने गरेको छ ।

    बिर्तामोड ।

    बाइकको पछाडि केटी राखेर घुम्ने बेलामा के को मःमः बोकेर हिँड्छस् यार ! भन्दै साथीले जिस्क्याएको भद्रपुर–६का सन्देश रिजालको सम्झना ताजै छ ।

    कनकाई क्याम्पस बिर्तामोडमा बीए पढ्दापढ्दै मःम फर्म खोलेर व्यवसाय शुरु गरेका रिजाललाई दुई वर्ष अघि नजिस्क्याउने साथी नै थिएनन् । फर्ममा उत्पादन गरेको मःम मोटरसाइकलको पछाडि राखेर बिक्रीका लागि बजार जाँदा उनलाई केटाले मात्र जिस्क्याएनन् केटी साथीले समेत जिस्क्याउन भ्याए ।

    पढाईसँगै व्यवसाय शुरु गरेका सन्देश अहिले पनि कनकाई कलेजमा अध्ययनरत् छन् । उनी मास्टर पहिलो सेमीस्टर मेनेजमेन्टका बिद्यार्थी हुन् ।
    पढ्दापढ्दै कोरिया जान दुईपटकसम्म इपीएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण भए । दुईपटक नै एक नम्वर नपुगेर इपीएस पास गर्न नसकेका रिजालका लागि त्यो परीक्षा नै सफलताको सूत्रधार बन्यो ।
    दुईपटकको असफलता पछि उनले बिर्तामोडमा मःमः फर्म खोले । जसले उनलाई अहिले स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगार बन्न मद्दत पु¥याएको छ ।

    उनको मःम फर्म अहिले बिर्तामोडको मात्र होइन, झापाकै लोकप्रिय फर्मको रुपमा चिनिएको छ । बिर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उनले उरी मःम फर्म खोलेका छन् ।
    उरी अर्थात् कोरियन भाषामा नाम जुराए– उनले । पटक–पटकको असफलतापछि उनले कोरियन भाषामै मःम फर्मको नाम राखे जुन फर्मबाट उनको अहिलेको कमाई कोरियाको भन्दा कम छैन । २०७२ साल साउन १५ गते फर्म दर्ता गरेर कारोबार शुरु गरेका उनले अहिले १२ जनालाई रोजगार दिएका छन् भने उनको फर्ममा दैनिक ३० हजार रुपैयाँको कारोबार हुने गरेको छ ।

    उनले बिर्तामोडसहित झापाका विभिन्न बजारमा काँचो मःम बनाएर बिक्री गर्छन् । फाष्टफुडका लागि लोकप्रिय बनेको मःम अहिले उनको आम्दानीको मुख्य स्रोत हो । १२ जनालाई रोजगारी दिएर पनि उनले मासिक ३० हजार भन्दामाथि बचत गर्न सफल भएका छन् । मास्टर पढ्दापढ्दै उनले व्यवसाय सञ्चालन गरेर मनग्ये आम्दानी गरेको देखेपछि हिजो उनलाई गिज्याउने साथी नै आफूलाई पनि यो व्यवसाय सिकाउन आग्रह गर्दै आउने गरेको उनको भनाइ छ ।

    ‘कतिपय अवस्थामा त उनीहरुको गर्जो नै टार्ने गरेको छु । कति साथीले फर्म भर्न पैसा नहुँदा समेत म सँगै मागेर लान्छन् ।’ हिजो मलाई गिज्याउनेहरु आज मलाई नै काम सिकाइदेऊ भन्दै आउँछन्’– उनले भने । फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ । होटल तथा खाजाघरमा बिक्री हुने सबैजसो मःम उनकै फर्मबाट जाने गरेको छ । उनले आफ्नो फर्ममा उत्पादन गरेको काँचो मःम बढी मात्रामा पर्यटकीय स्थलमा जाने गरेको छ । यसका अलावा बिर्तामोडका विभिन्न स्कूलले काँचो मःम लाने गरेको उनको भनाइ छ । ‘कोरिया जान नपाएको रनाहामा काठमाडौं घुम्दै गर्दा काँचो मःम बिक्री गरेको देखेको थिएँ । त्यसैलाई नक्कल गर्दै झापामा यो व्यवसाय शुरु गरेको हुँ । अहिले सोच्दै नसोचेको प्रगति गरेँ’ – उनले भने– ‘आफू त स्वरोजगार बनेँ नै अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ ।’

    रिजालले सञ्चालन गरेको उरी मःम फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उनकोमा तयार पारिएको मःम सुरुङ्गाका सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालबारी लगायतका पर्यटकीय स्थलमा जाने गरेको छ भने सुरुङ्गाको प्यारागन स्कूल, बिर्तामोडको बुद्ध स्मृतिसहित नाम चलेका स्कूल तथा कलेजमा समेत आउने गरेको छ ।

    बिर्तामोडका अधिकांश होटलले उनले तयार पारेका काँचो मःम ल्याउने गरेका छन् । उनको फर्ममा अहिले दैनिक कम्तीमा एक हजार प्लेट काँचो मःम तयार हुने गरेको छ । प्रति प्लेट उनले २८ रुपैयाँमा मःम बिक्री गर्छन् । बिर्तामोड क्षेत्रभित्र उनले निःशुल्क होम डेलिभरी गर्ने गरेका छन् भने बिर्तामोडभन्दा बाहिर प्रतिप्लेट दुई रुपैयाँ सर्भिस चार्ज जोड्छन् ।

    पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा, उत्तरमा शनिश्चरेका अधिकांश होटलले उनले तयार पारेको मःम लाने गरेका छन् । दैनिक ५० देखि ७५ केजीसम्म पिठोबाट उनले मःमः तयार पार्छन् । तीन लाख रुपैयाँबाट यो व्यवसाय शुरु गरेका उनले अहिले मनग्ये आम्दानी गरेको देखेपछि यो व्यवसायमा उनकै साथीको समेत झुकाव बढेको उनको भनाइ छ । व्यवसाय फष्टाउँदै गएपछि उनले पिठो मुछ्ने मेसिनदेखि किमा तयार पार्ने मेसिन समेत राखेका छन् ।

    सम्बन्धित खवर