बर्दघाटमा मोटरसाईकल एक आपसमा ठोकीदा ३ को मृत्यु

बर्दघाटमा मोटरसाईकल एक आपसमा ठोकीदा ३ को मृत्यु

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • बर्दघाटमा मोटरसाईकल एक आपसमा ठोकीदा ३ को मृत्यु

    ५ जेठ बर्दघाट
    नवलपरासीको बर्दघाटमा दुई मोटरसाईकल एक आपसमा ठोकीदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल दक्षिण बाट उत्तर तर्फ आउदैगरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै एक आपसमा ठोकीदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी रहेका छन् । घाईते बर्दघाट १६ बस्ने बर्ष ३० का अजित सिं ठकुरीलाई भरतपुर रिफर गरिएको र उनको बाटोमानै मृत्यु भएको हो । अर्का घाईते बर्दघाट १४ का बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर