बिद्यालयकमा पढाइरहेको समयमा कोण खिच्न नआएको बन्दै शिक्षक ले कम्पासले हानेर टोउकोमा गम्भिर चोट

बिद्यालयकमा पढाइरहेको समयमा कोण खिच्न नआएको बन्दै शिक्षक ले कम्पासले हानेर टोउकोमा गम्भिर चोट

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • बिद्यालयकमा पढाइरहेको समयमा कोण खिच्न नआएको बन्दै शिक्षक ले कम्पासले हानेर टोउकोमा गम्भिर चोट

    डडेल्धुरा- डडेल्धुराको भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका २ मा रहेको भागेश्वर माध्यमिक बिद्यालयमा शिक्षकबाट एक बिद्यार्थी निर्घात कुटिएका छन । गणित बिषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्ययनरत कृष्ण लावडलाई निर्घात कुटपिट गरेको हुन । परशुराम नगरपालिका २ गोगन बस्ने डम्बर लावडका १२ बर्षिय छोरा कृष्णलाई कम्पासले हानेर टोउकोमा गम्भिर चोट लागेको छ ।

    बुधबार बिद्यालयकमा पढाइरहेको समयमा कृष्णलाई कोण खिच्न नआएको बन्दै शिक्षक अवस्थीले कम्पासले हानेर टोउकोमा गम्भिर चोट लागेको हो । कृष्णको टाउकोमा ५ वटा घाँउ हुने गरि कुटपिट गरेको उनका बुबा डम्बर लावणले बताउनु भएको छ । उनको बिद्यालय नजिकको स्वास्थ्य चौकीमा उपचार हुन नसकि जोगबुढा अस्पताल पुर्याइएको छ । टाउकोबाट धेरै रगत बगेको अबस्थामा जोगबुढा अस्पताल पुर्याइएको लावणले बताउनु भयो । दैनिक जिविकोपार्जन गर्न धौधौ भइरहेको बेलामा शिक्षकको कुटाइले घाइते भएका छोराको उपचार गर्न निकै समस्या भइरहेको लावणले गुनासो गर्नु भएको छ ।

    यस्तै उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै उहाँले निर्घात कुटपिट गर्ने शिक्षक अबस्थीलाई कडा कारबाहीको माग गर्नु भएको छ । विद्यालय शान्ति क्षेत्र निर्दे्शिका २०६८ नेपाल सरकारले लागु गरेको अवस्थामा विद्यालयभित्र शिक्षकद्धारा बालकमाथि शारीरिक दण्ड तथा सजाय दिइएको भन्दै उक्त घटनाको चौतर्फी बिरोध भइरहेको छ ।

    साभार इन्फो खबर

    सम्बन्धित खवर