मोटरसाइकल प्रयोगकर्ताका लागि आयो दु:खत खबर !

मोटरसाइकल प्रयोगकर्ताका लागि आयो दु:खत खबर !

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • मोटरसाइकल प्रयोगकर्ताका लागि आयो दु:खत खबर !

    सरकारले मोटरसाइकल प्रयोग गरेबापत वार्षिक दुई सय रुपैयाँ प्रदूषण कर लिने भएको छ। यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षक थप्दै वार्षिक दुई सय रुपैयाँ प्रदूषण करण संकलन गर्ने प्रस्ताव गरेको छ।

    बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संकलन गर्न सकिने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।

    विभागले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृति गर्दै बजेटमा समावेश गरेको अवस्थामा नयाँ आर्थिक वर्षदेखि मोटरसाइकल दर्ता तथा नवीकरण गर्दा अनिवार्य रूपमा मोटरसाइकल प्रयोगकर्ताले दुई सय रुपैयाँ प्रदूषण कर तिर्नुपर्ने हुन्छ।

    विभागले सबै प्रकारका मोटरसाइकल प्रयोगकर्तासँग समान रूपमा प्रदूषण कर संकलन गर्ने तयारीसहित अर्थ मन्त्रालयमा प्रस्ताव गरेको भट्टराईले जानकारी दिए।

    यो पनि पढ्नुहोस :

    विबाह भएको केहि दिनमै दिदी सोनम कपूरका साथ भिड्दै हर्षवर्धन

    जेठ ४ – अनिल कपूरका छोरा हर्षवर्धन कपूर फिल्म ‘भावेश जोशी सुपरहिरो’ मार्फत दर्शकमाझ आउँदैछन् । हर्षवर्धनको यो दोस्रो फिल्म हो। हर्षवर्धनले फिल्म ‘मिरजया’ मार्फत बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपर फ्लप भएको थियो ।

    अहिले संयोग यस्तो परेको छ कि उनको फिल्मको रिलिज डेट र आफ्नै दिदी सोनम कपुर अभिनित फिल्म ‘वीरे दी वेडिङ’ को रिलिज डेटसँगै परेको छ । फिल्म जून १ मा प्रदर्शन हुँदैछ । यो फिल्ममा सोनमकी बहिनी रिया कपूरले लगानी गरेकी छिन् ।

    यस अघि २५ मेमा प्रदर्शन गर्ने निर्णय गरिएको हर्षवर्धनको यो फिल्म भावेश जोशी सुपरहिरो’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मको प्रदर्शन मिति जून १ उल्लेख गरिएको छ । अब हर्षवर्धन र सोनमको फिल्म एकैदिन प्रदर्शन हुनेछ ।

    सम्बन्धित खवर