यी हुन् पूर्वमाओवादीका युवा नेता जसले बालुवाटार भएको भोज ‘बहिस्कार’ गरे कारण यस्तो छ बिस्तारमा पढ्नुहोस्

यी हुन् पूर्वमाओवादीका युवा नेता जसले बालुवाटार भएको भोज ‘बहिस्कार’ गरे कारण यस्तो छ बिस्तारमा पढ्नुहोस्

  • , 6K जनाले हेर्नुभयो
  • 6K
    SHARES

  • यी हुन् पूर्वमाओवादीका युवा नेता जसले बालुवाटार भएको भोज ‘बहिस्कार’ गरे कारण यस्तो छ बिस्तारमा पढ्नुहोस्

    काठमाडौं । नवनगठित नेपाल कम्युनिष्ट पार्टीका केही युवा नेताहरुले पार्टी एकताको अवसरमा बालुवाटारमा प्रधानमन्त्रीले दिएको भोज ‘बहिस्कार’ गरेका छन् । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने, वाइसिएलका अध्यक्ष दिपशिखा लगायतका युवा नेताले बालुवाटारको भोज बहिस्कार गरेका हुन् ।

    सभागृहमा सुशासनको भाषण गरेर प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी खर्चमा पार्टी एकताको भोज दिएको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको बेला माओवादी पृष्ठभूमिका केही नेताहरुले सामाजिक सञ्जालमार्फत् सांकेतिक स्टाटस राख्दै विरोध गरेका छन् ।

    युवा नेता लेखनाथ न्यापानेले केन्द्रीय सदस्यको शपथ ग्रहण लिए पनि बालुवाटारको रात्रि भोजमा नगएको स्पष्ट पारेका छन् । उनले अलिअलि एकताको झल्को आएपनि सारमा र खासमा माओवादीको एमालेकरण नै भएको स्वीकारेका छन् ।

    यस्तो छ लेखनाथको प्रतिक्रिया-

    आजलाई
    #चुनावी राजनीतिक लाइन एउटै भएका र एउटै वंशका दुई पार्टी मिल्ने कुरा सही
    #इमान्दार हुँदा मात्रात्मक परिवर्तनबाट गुणात्मकतातिर पाइला चाल्न सकिन्छ_एकता सही
    #माओवादीमा केही मान्छेहरूको यति डरलाग्दो दादागिरी थियो कि_यसको अन्त्य खुसीको कुरा
    #अब पार्टी संस्थागत र विधिमा चल्छ भन्नेमा आशावादी
    #हामी लेनिनवादी होइनौ_किन लेनिनवाद लेख्ने
    #शास्त्रीय रूपमा हामी मार्क्सवादी पनि होइनौ तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने अझै सम्भावना बाँकी छ_यसकारण मार्क्सवाद लेख्ने कुरा सही
    #रूपमा अलिअलि एकताको झल्को आएपनि
    #सारमा र खासमा माओवादीको एमालेकरण नै हो !
    @माओवादीलाई हाम्रो लाइनमा ल्याइयो भनेर भूपु एमालेजन नमात्तियौ
    #नयाँ क्रान्तिको दिशा भनेर भूपु माओवादीजन उत्ताउलो नबनौ
    @केन्द्रीय सदस्यको सपथ खाइयो तर वालुवाटारको रात्री भोजमा गइएन

    यसैगरी वाइसिएलका अध्यक्ष दीपशिखाले घरमै खान लागेको खानाको तस्बिर राखेर बालुवाटार नगएको सन्देश दिएका छन् ।

    सम्बन्धित खवर