एमाले–माओवादी एकतामा झलनाथ खनाल अनुपस्थीत, नयाँ पार्टीमा झलनाथको पद घटुवा ! कहाँ छन खनाल ?

एमाले–माओवादी एकतामा झलनाथ खनाल अनुपस्थीत, नयाँ पार्टीमा झलनाथको पद घटुवा ! कहाँ छन खनाल ?

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • एमाले–माओवादी एकतामा झलनाथ खनाल अनुपस्थीत, नयाँ पार्टीमा झलनाथको पद घटुवा ! कहाँ छन खनाल ?

    नेपालको कम्युनिष्ट आन्दोलनमा पुरानो इतिहाँस बोकेको नेकपा एमाले बिगठन भएर नेपाल कम्युनिष्ट पार्टीको नामले पुनरगठन हुंदा पुर्व अध्यक्ष झलनाथ खनाल भने बेखबर रहेका छन् । राष्ट्रपति निर्वाचन अघि पार्टीमा मध्यस्त भुमिकामा रहेका खनाल निर्वाचन पछि छुट्टै गुटको नेतृत्व गरिरहेका छन् । राष्ट्रपति निर्वाचनमा अन्तीम क्षणमा आएर पाखा लगाइएका खनाल एमाले– माओवादीको एकता प्रति त्यती खुसी भने नरहेको बताइन्छ । पार्टी भित्र ओलीको कम प्राथमीकतामा रहेका खनाल, ओलीका पछिल्ला गतिविधि प्रतिपनि त्यती सन्तुष्ट नरहेको बताइन्छ ।
    प्रधानमन्त्री निवासमा पुरानो इतिहाँस बोकेको नेकपा एमाले बिघठनको निर्णय हुंदा पुर्व अध्यक्ष तथा बरिष्ठ नेता झलनाथ खनाल देखिएनन् । त्यती मात्र होइन एमाले र माओवादी बिचको एकताको भव्य समारोहमा समेत झलनाथ खनाल उपस्थीत थिएनन् । दुवै पार्टीको संयुक्त बैठक र पार्टी एकीकरण घोषणासभामा खनालको खोजी भयो । पार्टीलाई उनी कता छन् भन्ने आधिकारिक जानकारी नै थिएन ।
    पूर्वप्रधानमन्त्री खनाल निकट स्रोतका अनुसार उनी निजी कामका सिलसिलामा चीनमा छन् । खनाल व्यापारिक कामका सिलसिलामा चीन र मलेसियातर्फ बेला बेलामा जाने गर्छन् । उनका छोरा निर्भिक चित्रकार चिनियाँ कम्पनीसँग मिलेर व्यापार व्यवसायमा छन् । भैरहवाको गौतमबुद्ध विमानस्थलको ठेक्का लिएर काम नगरेको चिनियाँ ठेकेदार कम्पनीको नेपाली कन्सल्ट्यान्टसमेत हुन् खनालपुत्र निर्भिक । पार्टी एकता संयोजन समितिमा रहेका खनाल जेठको पहिलो साता पार्टी एकीकरण हुने भनिएका बेला ऐतिहासिक अवसर छाडेर व्यापारिक प्रयोजनमा बिदेशिनु लज्जाको विषय बनेको नेकपाका एक नेताले बताए ।
    पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेपछि उनको बरियता तल पारिएको स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्डपछि दोस्रो बरियतामा तत्कालिन एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल रहनेछन् ।
    झलनाथको घटुवा ?
    पार्टी बिगठन देखि एकता सम्म अनुपस्थीत रहेका खनाल एकिकृत पार्टीमा भने चौथो स्थामा रहेका छन् । खनाल तत्कालिन नेकपा एमालेमा दोस्रो वरियतामा थिए । तर, एमाले र माओवादीले एकता गरेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ मा उनलाई माधव नेपालले उछिनेका छन् ।खनालले पार्टी एकताको अवसरमात्र गुमाएनन, नेकपाको ९ सदस्यीय हाइकमाण्डमा पनि घटुवा भएका छन् । यसअघि केपी ओलीपछिको वरियतामा रहेका खनाल एकीकृत पार्टीमा ओली र प्रचण्डपछि तेस्रो वरियतामा रहने थिए । संयोजन समितिमा पनि उनी तेस्रो वरियतामै थिए । नेपाल पछिल्लो समय ओली र प्रचण्डबीच अविश्वास हटाउन र पार्टी एकीकरण टुंगो लगाउन सक्रिय भएका थिए । नेकपाको शीर्ष बरियतामा ओली र प्रचण्डको हैसियत समान बरियतामा रहनेछ । दोस्रो बरियतामा नेपाल रहनेछन् भने त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा बादल र बिष्णु पौडेल रहनेछन् । source:sagarmatahpost

    सम्बन्धित खवर