तीन करोड नेपालीलाई रुवाउने भिडियो,हेर्नुहोस् दर्दनाक कथामा आधारित ( भिडियो सहित् )

तीन करोड नेपालीलाई रुवाउने भिडियो,हेर्नुहोस् दर्दनाक कथामा आधारित ( भिडियो सहित् )

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • तीन करोड नेपालीलाई रुवाउने भिडियो,हेर्नुहोस् दर्दनाक कथामा आधारित ( भिडियो सहित् )

    न ल्याउछु भन्दै गएका थियौ उडेर आकाशमा
    कस्तो भई गयौ, कस्तो भयौ आयौ काठैको बाकसमा
    संगै जाम स्वर्ग भनेको भए मै जाने थिनर
    जवाफ देउ प्यारा एक बचन बोल बोल्दैनौ किन र ?स्वर्गको बाटो अप्ठेरो होला कसरि जाउलानि
    एकमुठि पानि ख्वाउन नि पाईन तिर्खा पो लाउलानि
    सति जाम भने यो निर्दोष सन्तान हुर्क्या छ पेटमा
    पेटकोलाई संसार देखाएर आउचु पर्खे है गेटमा
    बोल माया एक बचन बोल
    तिम्रै बोलि छ मलाई अनमोल

    यी यथार्थ र मार्मिक गीत ‘बोल माया’ मा समेटिएका शब्द हुन ।
    नामले मात्रैपनि महत्व राख्ने बहुत चर्चित लोकदोहोरी गायक नारायण रायमाझी र अहिलेकी चर्चित एवं मिठाे आवाजकी धनी गायीका शान्ती श्री परियारको आवाजमा रहेको लोकप्रिय कलाकार प्रकाश सपुतको ‘बोल माया’ बजारमा आएको छ ।
    सपुतकै शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको उक्त गीत भिडियोसहित बजारमा आएको हो । युटुवमा सार्वजनिक हुनासाथ धेरैले मन पराएको बोल मायामा कामको लागि बिदेशीने युवा र त्यपछिको अवस्थलाई यथार्थ चित्रण गरिएको छ ।

    धनको आसमा बिदेश गएका तर बाकसमा फर्किएका युवा र उनको परिवारको बिचल्लीत अवस्था यस गीतले छर्लङ पारेको छ । हेर्नेवित्तिकै मुटु काप्ने र आखाबाट आशु झर्ने यो गीतमा अन्जली अधिकारी र प्रकाश सपुतको जिवन्त अभिनय देख्न सकिन्छ । गीतमा कमल सौरागको म्युजिक एरेन्ज रहेको छ । मार्मिक रेर्कडिङमा स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सफलताको शुभकामना ।

    सम्बन्धित खवर