ओलीको दूरदृष्टि र प्रचण्डको कार्यकुशलता, हाइड्रोजन र अक्सिजन मिल्यो, अब छुट्टयाउन सक्दैनन्- प्रचण्ड

ओलीको दूरदृष्टि र प्रचण्डको कार्यकुशलता, हाइड्रोजन र अक्सिजन मिल्यो, अब छुट्टयाउन सक्दैनन्- प्रचण्ड

  • , 7.8K जनाले हेर्नुभयो
  • 7.8K
    SHARES

  • ओलीको दूरदृष्टि र प्रचण्डको कार्यकुशलता, हाइड्रोजन र अक्सिजन मिल्यो, अब छुट्टयाउन सक्दैनन्- प्रचण्ड

    ४ जेठ | अन्ततः नेपाली आम जनतामा रहेको शंका र आशंकालाई चिर्दे नेपालको इतिहासमा दुई कम्युनिष्ट पार्टीवीच पार्टी एकीकरण भएको छ । नेपालको भू–राजनैतिक अवस्थामा कम्युनिष्टको वाहुल्यता विगतदेखि नै भएता पनि विभिन्न धुव्रमा छरिएर रहेको कारण यथास्थितीवादी पार्टीहरुले कम्युनिष्टलाई नै प्रयोग गरि विभिन्न समयमा सरकारमा नै राज गरिरहयो । समग्रतामा संसदमा वामपन्थीहरु वहुमत हुने तर सरकार वाहिर रहनुपर्ने तितो यथार्थतामा रहेको नेपालका राजनीति देशका सवैभन्दा ठूलो पार्टी एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताले सिंगो अन्तर्राष्ट्रिय जगतमा पनि सकारात्मक सन्देश दिन सफल भएको छ ।

    नेपालको राजनीतिलाई परिवर्तन गर्नका लागि संसदमा रहेर हैन सशस्त्र युद्धवाट मात्र सम्भव छ भन्ने ध्येयका साथ १० वर्ष जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेकपा माओवादी र शान्तिप्रक्रियावाट नै देश परिवर्तन गर्न सकिन्छ भनेर लागेको पार्टीको एकीकरणले अव देशमा आर्थिक क्रान्ति मार्फत सुखी नेपाली समृद्ध नेपाल वनाउन सकिनेछ भन्ने संचारले उभार लिएको छ । लामो समयसम्म एउटै कम्युनिष्ट पार्टी वनाएर देश विकास गर्ने उद्घोष गरेता पनि हाल भएको पार्टी एकताले त्यसमा मलजल गरेको छ । अव साच्चै नै देश अग्रगति तर्फ लम्कने विश्वासमा आम जनता आशावादी देखिएका छन् । जुन नेपालको सन्दर्भमा कोसेढुङ्गा सावित हुनेछ ।

    संविधानसभावाट वनेको संविधानुरुप भएको स्थानीय तहको निर्वाचन पाश्चात देशलाई अस्थिरतावाट विकास र समृद्धि वनाउन कस्सिएर प्रदेश र केन्द्रको चुनाव अगाडि कार्यगत एकता गरेर चुनावी मैदानमा होमिएको तत्कालीन माओवादी केन्द्र र एमालेको चुनावी तालमेल र चुनाव पछि एउटै कम्युनिष्ट पार्टी वनाउने वाचा जनतामा जाँदा देशको नै सवैभन्दा ठूलो पार्टी वन्न सफल भयो । ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा वहुमतको सरकार वनायो ।

    लामो समयसम्म सत्तामा रहेर हालीमुहाली गरेको नेपाली काग्रेस होस् वा कम्युनिष्ट एक भएको हेर्न नचाहने तत्वहरू यस समयमा पार्टी एकिकरण नहोस भनि सल्वलाएता पनि देश र जनताका लागि केहि गर्नुपर्नेछ भन्ने सोच राखेर अगाडि बढेका केपी ओली र प्रचण्डको अगाडि निरिह वन्यो । अन्ततः नेपालको सन्दर्भमा एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर अगाडि वढ्ने चाहना राखेको जनताको आशा र चाहना पूरा भयो । विगतदेखि नै कम्युनिष्ट एउटै वनाउने प्रचण्ड र ओलीको सोँचले सार्थकता पाएसँगै जनतामा छाएको उत्साहले विपक्षीको धज्जी उडाइदियो । गुमराहमा खेल्न खोल्ने पुरातनवादी सोच राखेको पार्टीहरूको पुन सत्तामा पुग्ने अभिष्टलाई धोति लगाइदियो ।

    वर्गीय मुद्धालाई प्राथमिकता दिने कम्युनिष्ट पार्टीहरुको मुख्य मार्गनिर्देश सिद्धान्त हो । समाजमा न्याय, समानता, मुक्ति नै यसको मुल मर्म हो । यहि मूल मुद्धामा टेकेर गठन भएको विभिन्न कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रहेता पनि नेपालको सवैभन्दा ठूलो नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण सँगसँगै अन्य कम्युनिष्ट पार्टीलाई पनि दवाव पुगेको छ । कम्युनिष्टको एकतासँगै नेपाली काग्रेसलाई घाटमा पुराएको छ । आम नेपाली जनतालाई यसले राहत दिएको छ । स्थिर सरकार र सुशासनका नारा सहित जनतामा पुगेको वाम गठवन्धन पार्टी एकतासँगै देखिएको पृष्ठभूमिले आम सकारात्मक संचारको प्रत्याभुत गरेको छ । जुन आम नेपाली जनताको वर्षोदेखिको सपना थियो ।

    राजनीतिमा ईमान्दारिता र नैतिकताको संकट परिरहेको सन्दर्भमा भएको पार्टी एकीकरणले अवको राजनीति, नैतिकता र ईमान्दिारितको कसीवाट जनताप्रत्ति उत्तरादायी रहने कुरा वुझ्न सकिन्छ । आम जनताको चाहना र ईच्छामा समर्पित रहने हो भने ठूला ठूला घटनाक्रमलाई पनि सहज अवतरण गर्न सकिनेछ भन्ने विगतको ईतिहासले प्रष्ट पारिसकेको छ । यहि आधारशीलामा रहेर अगाडि वढ्ने हो भने नयाँ नेपाल निर्माणमा पार्टी एकता कोसेढुङ्गा वन्न सक्नेछ । पद, शक्ति र सत्ताका लागि जस्तो पनि निर्णय गरेर अगाडि वढेका राजनैतिक दलका नेताहरु पार्टी एकता सँगै जनतामा गरेका वाचा पूरा गरेर जनमनमा वस्न सफल भएको छ । यहि पृष्ठभुमि र आधारमा टेकेर अगाडि वढ्ने हो भने समृद्ध नेपाल र सुखी नेपालीको अभियान टाढा हुनेछैन ।

    वाम एकता केवल चुनावी तालमेल मात्र हो र चुनावपछि वाम गठवन्धन भत्कने भन्ने आशमा रहेको नेपाली काग्रेस पार्टी एकीकरणसँगै थला परेको छ । संसदमा समेत एक तिहाई संख्या नभएको नेपाली काग्रेसको विरोधको स्वर भनेको अल्पमतमा नै विलाउनेछ । इतिहासमा नै पहिलोपटक यति धेरै शक्तिशाली वनेको सरकार र त्यसको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले अवका दिनमा जनता र विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । कुनै पनि वाधा र अवरोध विना सरकार चलाउने अनुमति पाएको सरकार र त्यसको नेतृत्वकर्ता दलका नेतृत्व नै नयाँ नेपाल निर्माणका अभियन्ताहरु हुन् ।

    देश र जनताका आवश्यकताका लागि गरिएको पार्टी एकीकरणले जनतामा थप उत्साह दिएको त छ नै विगत देखिको एउटै कम्युनिष्ट पार्टी वनाउने सोच पनि साकार भएको छ । यसको मुख्य जस भनेको पृष्ठभूमिमा जनता भएता पनि तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै श्रेय जानेछ । विगतका कमीकमजोरीलाई सच्चाउँदै नयाँ नेपाल निर्माणको अभियानमा जुट्नु नै नेपाल कम्युनिष्ट पार्टीको मुख्य ध्येय हुनुपर्दछ । यहि सोचले नै देशको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता, राष्ट्रियताको रक्षा गर्दछ ।

    मदन आश्रितका स्मृति दिवशको दिन पारेर गरिएको पार्टी एकता साँच्चै मदन भण्डारीको एउटै कम्युनिष्ट पार्टी वनाउने अभियानले सार्थकता पाएको छ । पार्टीमा विचार र सिद्धान्त नै मुल प्रधान हुने गर्दछ । यहि कडीमा टेकेर अगाडि वढ्ने हो भने मदन र आश्रितको नयाँ नेपाल निर्माण गर्ने सोच पूरा गर्न गाह्रो छैन । जनताको अभिमतलाई सम्मान गर्दे देश र जनतालाई केन्द्रविन्दुमा राखेर अगाडि वढ्नु नै अहिलेको मुख्य आवश्यकता हो । पार्टी एकीकरणको यो दिन नेपालको राजनीतिमा युगौ युगसम्म चिरस्थायी वनेर जनजनमा रहिरहने कुरामा कुनै शंका छैन ।

    हाइड्रोजन र अक्सिजन मिल्यो, अब छुट्टयाउन सक्दैनन् – प्रचण्ड

    नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रमभंग भएको बताएका छन्। उनले अब कम्युनिष्ट पार्टी नफुट्ने बताए।

    ‘अक्सिन र हाइड्रोजन मिलेर पानी बन्यो, अब पानीमा अक्सिन र हाइड्रोजन छुट्याउन सकिँदैन्,’ प्रचण्डले भने, ‘अब माओवादी केन्द्र र एमाले मिलेर नयाँ पार्टी बन्यो, अब यहाँ एमाले र माओवादी केन्द्र छुट्याउन सकिँदैन्।’

    प्रचण्डले जनतामाझ गरेको पार्टी एकताको प्रतिवद्धता पूरा गरेको भन्दै उनले अब एकता पछाडिको मिसन पूरा गर्न बाँकी रहेको बताए। उनले एकता गर्नुको पछाडि सामाजिक न्याय सहितको आर्थिक समृद्धिसहितको समाजवाद ल्याउने मिसनमा अगाडि बढेको समेत बताए।

    प्रचण्डले सुशासनको युगको सुरुवात भएको समेत बताए। उनले पछिल्लो समय कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त स्खलन हुँदै गएको समेत बताए। ‘हिजो म मर्न पाइन भनेर झगडा हुन्थ्यो अहिले म सांसद बन्न पाउँ, म मन्त्री बन्न पाँउ म प्रधानमन्त्री हुनै पर्छ भन्ने झगडा हुन थालेको छ। हामीमाझ कहिँ न कहीँ आर्दश सिद्धान्तमा स्खलित भयौँ,’उनले भने।

    दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो

    एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टीमात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

    २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा जम्मा ४ सिट जितेको कम्युनिष्टपार्टी अब करीव दुई तिहाईको हैसियतमा पुगेको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थायी तह सबैतिर बहुमत ओगटेको छ । लोकपि्रय मतमा कम्युनिष्ट पार्टी बहुमतभन्दा माथि अर्थात करीव ५३ प्रतिशत स्थापित भएको छ ।

    सात मध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार छन् ।

    प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेस निकै कमजोर बनेको छ । कांग्रेसको जम्मा ६३ सिट छ । पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताए ।

    सम्बन्धित खवर