आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढायो

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढायो

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढायो

    काठमाडौं । बुधबार साझबाट पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका सञ्चालक समितिको बैठक बसी अहिले साझ १२ बजेबाट लागु हुनेगरी सो रुपैयाँ बराबर मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिएका छन् ।

    अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय १० रुपैयाँ साथै डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

    -यो पनि पढ्नुसः मुख्यमन्त्रीबाट आर्थिक विकासका सम्भावनाको पहिचान गर्दै आर्थिक विकास गर्ने प्रतिबद्धता
    प्रदेश नम्बर एक, दुई र सातका मुख्यमन्त्रीले आर्थिक विकासका सम्भावनाको पहिचान गरेर प्रदेशको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आयोजना गरेको गोष्ठीमा प्रदेशका मुख्यमन्त्रीहरुले विभिन्न खानी तथा रत्न उत्खनन गर्न आवश्यक नीति निर्माण गरेर प्रदेशको अर्थतन्त्र विकास गर्ने बताएका हुन् । गोष्ठीमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सुनचाँदी तथा अन्य व्यवसाय क्षेत्रका समस्याको प्रकृति पहिचान गरेर रत्न उत्खनन गर्ने बारे आगामी प्रदेश सरकारको बजेटमा सम्वोधन गर्ने बताउनुभयो ।

    उता प्रदेश दुईका मुख्यमन्त्री लालवावु राउतले नीति नियम निर्माण गर्ने व्यक्तिको असल चरित्र नभएको भन्दै दुई नम्बर प्रदेशमा स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्ने वातवरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक स्रोत परिचालनको लागि व्यवसायी मैत्री नति लिइने प्रष्ट पानुर््भएको थियो ।

    कार्यक्रममा महासंघका अध्यक्ष रमेश मर्हजनले एकाधिकार जमाउने सरकारको प्रवृत्ति अन्य गरेर खानी उत्खननमा सरकारले तदारुक्ता देखाउनुपर्ने बताएका थिए ।
    (News24 Nepal tv

    सम्बन्धित खवर