फिल्म ‘हैरान’ को नयाँ गीत सार्वजनिक, निश्मालाई जूनसँग दाँज्दै गजित भिडियो सहित

फिल्म ‘हैरान’ को नयाँ गीत सार्वजनिक, निश्मालाई जूनसँग दाँज्दै गजित भिडियो सहित

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • फिल्म ‘हैरान’ को नयाँ गीत सार्वजनिक, निश्मालाई जूनसँग दाँज्दै गजित भिडियो सहित

    काठमाण्डौ ।  जेठ ४ गतेबाट सोलो रिलिज हुन लागेको फिल्म ‘हैरान’ को नयाँ गीत सार्वजनिक भएको छ । रिलिजको पूर्वसन्ध्यामा निर्माण पक्षले ‘दाग छैन अब जूनमा पनि’ बोलको गीत इन्टरनेट रिलिज गरेको हो ।

    यसमा चन्द्रमणि भट्टराईको शब्द, किरण कँडेलको संगीत र युबराज चौलागाई, इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । निश्मा र गजित विष्ट फिचर्ड गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

    विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

    डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।

    फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत  सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ  ।

    फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

    भिडियो हेर्नुस् :-

    सम्बन्धित खवर