एमाले-माओवादीले बनायो ‘हाइकमाण्ड’, विष्णु पौडेल महासचिव भिम रावल बन्ने…

एमाले-माओवादीले बनायो ‘हाइकमाण्ड’, विष्णु पौडेल महासचिव भिम रावल बन्ने…

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • एमाले-माओवादीले बनायो ‘हाइकमाण्ड’, विष्णु पौडेल महासचिव भिम रावल बन्ने…

    ३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।

    हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

    संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो । एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

    एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिएका छन् । बुधबार केपी शर्मा ओली र प्रचण्डले ४३ जना रहने गरी टुंग्याएको स्थायी कमिटीमा दुई जना थप गरिएको हो ।

    जसमा एमालेबाट २६ र माओवादीबाट १९ जना रहने माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालले जानकारी दिइन् । अब एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुने भएको छ ।

    अब एमालेको हालको स्थायी कमिटीका सबै नेताहरु एकीकृत पार्टीको पनि स्थायी कमिटीमा नै रहने भएका छन् । नेकपा माओवादीबाट भने एकीकृत पार्टीमा रहने नेताहरुको नाम टुंग्याइएको छैन ।

    नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिइएको छ ।
    source:infokhabar

    सम्बन्धित खवर