२ जेठ, काठमाडौं । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ।
मकालु एयरको विमान हुम्लामा क्षत-विक्षत अवस्थामा भेटिएको छ ।नाइन एन एयूजे कलसाइनको विमानको अग्रभाग मैदानमा धस्सिएको र पछाडिको भाग क्षत-विक्षत छ । विमानले बोकेका सामान,
तलको भिडियो हेर्नुहोस
यसका पाटपुर्जा र कागजपत्र मैदानमा छरप्रस्ट छ । नाइन एन एयूजे कलसाइनको विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । उनीहरु दुवै जनाको मृत्यु भएको छ । विमान सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि उडेको थियो । दुर्घटनाको कारण खुलेको छैन । यो पनि पढ्नुस् source:onlinekhabar