आङकामी शेर्पा भन्नु हुन्छ :
सामाजिक कार्यमा कामगर्नको निमित्त मलाइ प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसै सामाजिक संजाल फेसबुक र अन्य संजालहरु मार्फत म सग जोडिदै हरदम निरन्तर साथदिदै सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हृदय देखि धन्यवाद टक्र्याउन चान्छु। सर्वप्रथम म अत्यान्तै विनम्रको साथ अनुरोध गर्न चाहन्छु जुन पैसाकै लागि आफ्ना चेलीबेटीहरुलाइ परदेशको भुमिमा बलिन्धारा आँसु, बगाउन र उहाहरुलाइ मृत्युको शिखार हुन बाध्यता पारीदिनेहरुलाइ कृपया कुनैपनी नेपाली दिदिबहिनीहरुलाइ दु:ख, पिडामा पारीदिएर आफ्नो जिबिकोउपार्जन नगरीदिनुहोला। कुनैपनी दिदिबहिनीलाई गलत कृयाकलाप गर्नु भन्दा आफ्ना घरका दिदिबहिनी छोरीहरुको अनुहार हेर्नुहोला। नारीको संमान गर्न सिकौ सबै नेपालीहरुको सद्भाव जगाउ। अन्तमा सम्पुर्ण नेपाली चेलीबेटीहरुमा बिशेषगरी परदेशको भुमिमा आएर आफ्नो खुन पसिनाले आर्जेको रकम कुनै चोर फटाह र चतुर्याइँ गर्नेहरुको बिश्वासमापरी बिना सबुत, कुनै आधार नबनाइ ठूलो देश जाने लालजमा यो फेसबुक र स्काइप संजालहरुको भरमा मत्रै पैसा नदिनुहोला। र यसबिसयमा बुझेको र अलि शिक्षित बुद्धिजीवी मित्रहरु सग सोधपुछ गर्दै त्यसरी फसाउन खोज्नेहरुलाइ आफु नफसिदै सामाजिक कारबाही गर्न अगाडिबडिदिनुहोला। अनि कुनै मया पिरतिका भाषा बोल्दै अनेक कुकृत्ते गर्ने र फसाउनेहरुबाट सावधान हुन विनम्र अनुरोध गर्द्छु। आजभोलि दिनानुदिन हाम्रा चेलीबेटीहरु चरम गरिबी र देशको बिग्रदो राजनीति अनि हरेक चोर दलालहरुको अनेकौ लोभलालचको कारण परदेशिने संख्या अत्यान्तै तिब्र गतिमा बडेको देखिन्छ। परदेशमा गएर दु:ख मत्रै पाइन्छ भन्ने पनि छैन। कतिपय दिदिबहिनीहरुका हकमा राम्रो पनि देख्न र सुन्न पाइन्छ भने अधिकंस दिदिबहिनीहरुको रोदनले मुटु हल्लिन्छ। बिगत केही समय देखि यता म आफ्नो सक्रियता र धेरै बुद्धिजीवी अनि समाजसेवी दाजुभाइ दिदिबहिनीहरुको मद्दतले आठ दर्जनका हारहारीमा खाडिमुलुक ओमन, कुवेत, दुबै,सिरिया,बग्दाद, आदि स्थानबाट उद्दारगरी नेपाल भित्याउन सफल भएकाछौ। र जुन जुन चेलीहरु परदेशमा त्यो दु:खबाट त्यो कालको मुखबाट खोसेर नेपाल लैजान सफल भएकाछौ उहाहरुले पनि थोरै सोचिदिनु त आफुलाइ कति कष्ट र पीडा थियो त्यो अरु अन्य दिदिबहिनिलाइ नपरोश भन्नका निमित्त तपाइहरु खुलेर आउनुहोश मुख छोपेर हैन। ती त्यस्ता चोर दलालहरु सग सबै मिलेर लडौ हातेमालो गरौ अब कुनै दिदिबहिनिले परदेशमा आँसु बगाउन नपरोश। नेपाल सरकारले सुकृतीदियको देशहरुमा स्रमसम्झौता गरि भिसा के कस्तो हो म कुन देश पुग्दैछु त्यहा गएर के काम गर्नु पर्ने हो र काम कति समय गर्न पर्नेहो र सेवासुबिधा कति पाइनी हो सबै कुराहरु समन्धित निकायमा बुझेर मत्रै पाइला चाल्नुहोला।
source:saptarangi