भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता, फ्लाइओभर खस्दा १८ को मृत्यु

    २ जेठ, काठमाडौं । भारतको आन्द्र प्रदेशस्थित गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएका छन् ।

    तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो ।

    महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए ।
    हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ ।

    गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो ।

    फ्लाइओभर खस्दा १८ जनाको मृत्यु

    यसैबीच उत्तर प्रदेशको वाराणसीमा मंगलबार निर्माणाधीन फ्लाइ ओभर (आकासे पुल) खस्दा १८ जनाको मृत्यु भएको छ । फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका थिए ।

    उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन महिनाअघि नै निर्माण सम्पन्न भइसकेको थियो । आकासे पुलमाथि राखिएका स्ल्याबलाई जोड्ने काम भइरहेको थियो तर त्यसमुनिबाट गाडि चलाउन रोक लगाइएको थिएन ।

    प्रदेश सरकारले ४८ घण्टाभित्र घटनाको जाँचबुझ गरी दोषिलाई कारवाहीको सिफारिस गर्न निर्देशन दिएको छ ।

    Source: OnlineKhabar

    सम्बन्धित खवर