काठमाडौं । टिकापुर घटनामा मुख्य योजनाकारका आरोपी एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरी अस्पताल भर्ना भएका छन्
।आफुमाथि राज्यले अन्याय गरेको भन्दै फागुन २० गतेदेखि अनशन बसेका चौधरी बिरामी भएपछि
अनशनको छैंटौ दिन अस्पताल भर्ना भएका छन् ।
उनलाई उपचारका निम्ति सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको छ भने अबस्था गम्भीर रहेको बताइएको छ ।कैलाली जिल्ला अदालतले सोधपुछका निम्ति थुनामा राख्न प्रहरीलाई आदेश दिएपछि चौधरी कारागारमा थिए । चौधरीलाई निकाल्न प्रधानमन्त्री ओली सकरात्मक रहेको बताइएको छ ।