महानगरिय प्रहरी प्रमुख विश्वराज पाेख्रेलले गरे यस्तो कमाल ….सलाम (पुरा विवरण हेरी शेयर गर्नुहोस् )

महानगरिय प्रहरी प्रमुख विश्वराज पाेख्रेलले गरे यस्तो कमाल ….सलाम (पुरा विवरण हेरी शेयर गर्नुहोस् )

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • महानगरिय प्रहरी प्रमुख विश्वराज पाेख्रेलले गरे यस्तो कमाल ….सलाम (पुरा विवरण हेरी शेयर गर्नुहोस् )

    काठमाडाैं । बारा सिमराका ६७ वर्षीय नारायण प्रसाद पाठक बैशाख २६ गते काठमाडाैंकाे बल्खुबाट कमलादीका लागि ट्याक्सी चढे । पाठकले ट्याक्सीकाे पछाडी काठमाडाैंमा रहेका छाेराका लागि ल्याइएकाे काेसेली बाेरा राख्न लगाए । अाफू अगाडी सिटमा बसे । उनले बाेकेकाे सानाे झाेलामा थियाे छाराले चलाएकाे पसलका लागि ल्याइएकाे ७ लाख ५५ बजार नगद ।

    ट्याक्सी कमलादी अार्इ पुग्याे । चालकले उत्रन भने पाठक ट्याक्सीबाट झरेर काेसेलीकाे झाेला बाेकेर हिंडे र पैसा राखेकाे झाेला बिर्सिएर ट्याक्सीमै छाेडे । पाठक निस्कि सके पछि ट्याक्सीकाे अगाडी सिटमा छुटेकाे झाेला ट्याक्सीका चालकले तुरून्तै दिन सक्थे तर केही नभनी घर लगे । झाेलामा थियाे ७ लाख ५५ हजार नगद ।

    अाफ्नाे यात्रुकाे यात्राे रकम फेला पार्दा चालककाे मनमा पाप पलायाे उनले पैसा फिर्ता गर्न वा ती यात्रु खाेज्न कुनै अग्रसरता लिएनन् । ट्याक्सीमा लाखाैं रूपैयाँ रहेकाे झाेला छुटे पछि पाठक ठूलाे समस्यामा परे तुरून्तै उनले प्रहरीलार्इ घटनाबारे जानकारी गराए तर उनीसंग ट्याक्सीकाे नम्बर थिएन ।

    पाठककाे पैसा खाेज्न प्रहरीले कमलादी चाेक क्षेत्रमा जडान भएका सीसीटिभिकाे साहायता लियाे । जसबाट पाठकले झाेला छाेडेकाे बा १ ज ३६५ नम्बरको भाडाकाे ट्याक्सी रहेकाे पत्ता लाग्याे । घटनाकाे तेस्राे दिन नै ट्याक्सी चालकलार्इ कमल पाेखरी प्रहरीले पक्राउ गर्याे र पैसा खाेज्याे । ट्याक्सीका चालक थिए नवलपरासीका अशोक थापा । उनले अाफूले भेट्टाएकाे रकम मध्ये १ लाख ५५ हजार दुर्इ दिनमै खर्च गरिसकेका रहेछन् ।

    टोखा नगरपालिका ३ बस्ने बर्षा गुरुङको कोठामा चालक थापाले लगेर राखेकाे अवस्थामा प्रहरीले ६ लाख रूपैयाँ बरामद गरेकाे छ भने थापालार्इ सार्वजनिक अपराध मुद्दामा थप अनुसन्धान थालेकाे छ । प्राप्त भएकाे ६ लाख रूपैयाँ पीडितलार्इ महानगरिय प्रहरी परिसरका प्रमुख विश्वराज पाेख्रेलले हस्तान्तरण गरे ।source:publicaawaj

    सम्बन्धित खवर