पूर्वमुख्यमन्त्रीका छोराको विवाहबाट घर फर्किने क्रममा सड्क दुर्घटना: चार जनाको मृत्यु

पूर्वमुख्यमन्त्रीका छोराको विवाहबाट घर फर्किने क्रममा सड्क दुर्घटना: चार जनाको मृत्यु

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • पूर्वमुख्यमन्त्रीका छोराको विवाहबाट घर फर्किने क्रममा सड्क दुर्घटना: चार जनाको मृत्यु

    पटना, वैशाख ३१ । विहारको राजधानी पटनामा भएको पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवका छोरा तेजप्रतापको विवाहबाट घर फर्किने क्रममा भएको सड्क दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ ।

    सोमबार विहान विहार सिमराहाको पोठिया बजारमा कार दुर्घटना हुँदा किसनजंग जिल्लाका राजदका अध्यक्ष इन्तेखाब आलमसहित चार जना युवाको मृत्यु भएको हो । मृत्युले किसनजंग जिल्ला शोकाकुल भएको छ ।

    मृत्यु हुनेमा राजदका किशनगंज जिल्ला अध्यक्ष इन्तेखाब आलम, इकरामुल हक बागी, राजदका दिघलबैंक प्रखण्ड अध्यक्ष पप्पूसहित चालकको मृत्यु भएको भारतीय अधिकारीले जनाएका छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार आइतबार राती अवेरसम्म तेजप्रतापको विवाहमा सहभागी भएर उनीहरु सबै घर फर्किकरहका थिए । सोहो क्रममा अररिया–फारबीसगंजको बचिमा उक्त दुर्घटना भएको थियो । जसमा चार जनाको घटनास्थलमै मृत्यु भयो ।

    प्रारम्भिक अनुसन्धान अनुसार रातभरीको अनिधोका कारण जीप चालक निदाउदा तीब्र गतिमा रहेको स्कार्पियो जीप आफ्नो लेन छोडेर अर्को लेनमा गयो र विपरित दिशाबाट आइरहेको ट्रकमा जोडले ठोक्कियो ।

    जीप यति जोडले ट्रकमा ठोक्कियो कि जीप उडेर पर गएर भूईमा बज्रारिदा जीपमा सवार सबैको घटनास्थल मै मृत्यु भयो । प्रहरीले घटनाबार अनुसन्धान शुरु गरिसकेको छ ।source:onlinepalanchok

    सम्बन्धित खवर