मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि पोख्दा के अपराध गर्यो : कर्ण,

मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि पोख्दा के अपराध गर्यो : कर्ण,

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि पोख्दा के अपराध गर्यो : कर्ण,

    जेठ १ काठमाडौं – राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले २ नम्बर प्रदेशका मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि राखेर बोल्दा के गलत गरे भन्दै प्रतिप्रश्न गरेका छन् । उनले भने,“हामी त चुनावमा पनि संविधानको विरोध गरेर नै सहभागी भएको हो नि, जनताले हामीलाई राम्रो पोजिशन बनाएर पठाईदिए, संविधानप्रति असन्तुष्टि राखेर मुख्यमन्त्रीले बोल्दा के गलत गर्नुभयो त ? जुन कुराको लागि हामी अहिलेसम्मपनि लडिरहेका छौं।” मुख्यमन्त्रीले भएको कुरा बोलेको उनको दाबी थियो ।

    कर्णले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले आँफै भारतले नाकाबन्दी लगाएको भनेर हल्ला गरेपनि अहिले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदमा घण्टौंघण्टा भाषण गरेर भ्रमण सफल र फलदायी भएको भनेर बोलेको बताए ।
    हिजो संविधानको विरोध गरेर आफूहरु नाकामा धर्ना बस्दा भारतले नाकाबन्दी लगायो भनेको स्मरण गराउँदै नेता कर्णले भने,“अहिले उहाँहरुले नै मोदीजीलाई वार्म वेलकम गर्नुभयो, जानकी मन्दिरमा त एउटै ड्रेस लगाएर दर्शन गर्नुभयो।”

    मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको कर्णको विश्वास छ । उनले भने,“मोदीजीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्नुभयो, यसले नेपालको धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुगेको छ, अब भारतबाट २÷४ प्रतिशतमात्रै हिन्दू पर्यटकहरु ल्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रको ठूलो विकास हुन्छ।”

    मोदीको भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीद्धारा रामायण सर्किटको उद्धघाटन् भएकोले अयोध्यादेखि जनकपुरसम्म बस सञ्चालन हुनु जनकपुरको विकासमा ठूलो टेवा पुगेको उनको विश्वास छ । उनले भने,“नेपाल र भारतबीचमा विशेष सम्बन्ध छ, अब यो बस सेवा सञ्चालनसँगै धार्मिक पर्यटकहरु आउनेजाने क्रम हुन्छ, यो हाम्रो लागि खुशीको कुरा हो।“

    फरक प्रसँगमा उनले प्रदेश सरकारमा वाम गठबन्धनले आफूहरुलाई सहयोग गरेकोले आफूहरुले पनि संघमा सहयोग गरेको र संविधान संशोधन गर्छौं भनेकोले संघमा सरकारलाई समर्थन गरेकोले प्रदेशमा वाम गठबन्धनको समर्थन रहुञ्जेलसम्म सरकारलाई समर्थन गर्ने स्पष्ट पारे
    source:tibrakhabar

    सम्बन्धित खवर