उपचार गरिदिने भन्दै झुक्याएर युवतीलाई कोठीसम्म पुर्‍याउने पक्राउ

उपचार गरिदिने भन्दै झुक्याएर युवतीलाई कोठीसम्म पुर्‍याउने पक्राउ

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • उपचार गरिदिने भन्दै झुक्याएर युवतीलाई कोठीसम्म पुर्‍याउने पक्राउ

    ३१ वैशाख, काठमाडौं । एक युवतीलाई भारतको कोठीसम्म पुर्‍याएर बेश्याबृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

    उपचार गरिदिने भनी झुक्याएर जबरजस्त बेश्याबृत्तिमा लगाएको भन्दै केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका-२ का २६ वर्षे रमेश खत्रीलाई पक्राउ गरेको हो ।

    नेपाली चेलीलाई दिल्लीस्थित एक अर्पाटमेन्टमा दुईवर्षसम्म बन्धक बनाएर जबरजस्ती बेश्याबृत्तिमा लगाएको भन्दै उजुरी परेपछि सीआईबीले खत्रीलाई पक्राउ गरेको जनाएको जनाएको छ ।

    युवतीलाई खत्रीले उपचार पनि गरिदिने र भारतमै जागिर लगाइदिने भन्दै झुक्याएर कोठिसम्म पुर्‍याएको प्रहरीले बताएको छ ।

    सीआईबीका अनुसार १३ वर्षदेखि कोठीमा कार्यरत खत्रीले युवतीलाई दुईवर्षसम्म एक अपार्टमेन्टमा राखी अश्लिल तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्याकमेलिङ गरेर बेश्याबृत्तिमा लगाएका थिए ।

    खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी मानव वेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको सीआईबीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।

    सम्बन्धित खवर