सन्नी लियोनले सरोगेसी मार्फत् जन्माइन् दुई सन्तान

सन्नी लियोनले सरोगेसी मार्फत् जन्माइन् दुई सन्तान

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • सन्नी लियोनले सरोगेसी मार्फत् जन्माइन् दुई सन्तान

    नयाँदिल्ली– बलिउड अभिनेत्री सन्नी लियोनले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । पोर्न फिल्मपछि बलिउडमा काम गरिरहेकी उनले श्रीमान् डेनियल वेबर, अघिल्लो वर्ष धर्म पुत्रीका रुपमा ग्रहण गरेकी बच्ची र दुई नवजात शिशुको तस्बिर सार्वजनिक गरेकी छिन् ।

    सामाजिक सञ्जालमा यो तस्बिरसँगै सनी लियोनले लेखेकी छिन्, ‘यो ईश्वरको कृपा हो । २१ जुन २०१७ त्यस्तो दिन थियो । जुन दिन मेरो श्रीमान् र मैले केही समयमै तीन सन्तानका अभिभावक हुने अपेक्षा गरेका थियौं।’

    थपिन्, ‘हामीले योजना बनाएरै परिवार बढाउने सोच बनायौं । वर्षौंपछि असर सिंश बेबर र निशा कौर वेबर प्राप्त गर्‍यौं ।’

    केही दिनअघि आफूले सन्तान जन्माएको भन्दै ईश्वरले आफ्ना लागि यो योजना बनाएर राखेको उल्लेख गरेकी छिन् । ‘हामी असाध्यै सुन्दर तीन सन्तानका आमाबुवा भएकोमा खुशी छौं । यो सवैका लागि सरप्राइज हो,’ उनले भनेकी छिन्।

    यसअघि धर्म पुत्री ग्रहण गरेको सन्नीको जोडीमाथि प्रश्न उठ्यो, ‘के यी बच्चा तपाईंका बायोलोजिकल सन्तान हुन् । के तपाईंले जन्मदिनुभएको हो ?’

    उनले केही समयपछि उत्तर दिँदै लेखिन्, ‘धेरै वर्षदेखिको सरोगेसीबाट सन्तान जन्माउने योजना बनाएको थियौं । त्यो अहिले आएर पूरा भयो । म खुशी छु ।’

    सम्बन्धित खवर