अमेरिकाकाे सुखबाट बिजनेस म्यानकाे सपना बाेकी गुँड फर्केका युवा

अमेरिकाकाे सुखबाट बिजनेस म्यानकाे सपना बाेकी गुँड फर्केका युवा

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • अमेरिकाकाे सुखबाट बिजनेस म्यानकाे सपना बाेकी गुँड फर्केका युवा

    पोखरा – सानोमा एकदिन विजेश पालिखेले आमालाई सोधेका थिए, ‘आमा हाम्रो बाबा के काम गर्नुहुन्छ ?’ आमाले जवाफमा भनेकी थिइन्, ‘विजनेस म्यान ।’ आमाको त्यो उत्तर पाएपछि नै ‘विजनेस म्यान’बन्ने सपना देख्न थाले । यद्यपि उनलाई थाहा थिएन के हो विजनेस म्यानको अर्थ ? के गर्छ यसले ?

    तिनै बिजनेस म्यान बनेको सपना देख्ने पालिखे अहिले आफ्नो सपनाको बाटोमा आइपुगेका छन्, विजनेस म्यान बन्न । पोखरा गैह्रापाटन उनको अहिले २ वटा कम्पनी छ । एउटा पोखरा इन्टरनेट प्रालि र अर्को अर्मला केवल प्रालि । दुवैको अहिले उनी म्यानेजरका रुपमा सबै क्षेत्र हेरिरहेका छन् ।

    ‘देश नै खाउँला भन्ने छैन । तर अवको १० वर्षमा पोखराको नं १ कम्पनी बनाउनु छ ।’

    कहिले कताको मिटिङ त कहिले कताको सिग्नेचर उनलाई भ्याइनभ्याई छ । भेट्ने र भेट्न खोज्नेहरुको फोनमा समेत ‘हेल्लो’ भन्ने पाखिलेलाई फूर्सद छैन ।
    धेरै वर्ष अमेरिका बसेका पालिखे बिना सपना यहाँसम्म आएका भने होइनन्, कुनै सामान्य मान्छेले देख्ने जस्तै सपना बाँचेर यो कोठा सम्म आइप्ुगेका हुन् । उनको निद्रा र विपना दुवै समयको एउटै सपना थियो: विजनेस म्यान बन्ने त्यो पनि नेपाल मै ।

    व्यापारिक परिवारमा जन्मेका उनी कक्षा ३ मा भर्ना हुन काठमाडौं गए, विद्यालयमा होस्टलको विद्यार्थी भएर । पारिवारिक आर्थिक अवस्था अरु जस्तो नाजुक थिएन । खानलाउन रामै्रसँग पुग्थ्यो । सानो देखि नै कुनै अभावमा नबसेको उनी ९ वर्ष होस्टल बसे घर भन्दा टाढा बसेर । आमाको काख र बाबाको हात समाएर बजार डुल्नुपर्ने समयमा उनी होस्टलको बन्द पर्खालमा थिए ।

    सुरूमा कम्पनीमा आउँदा कम्पनी घाटाको अवस्थामा थियो । तर पछि सबै व्यवस्थापन मिलाएर अहिले ठिक ठाउँमा ल्याएका छन् ।

    होस्टलमा गइसकेपछि सुरुको २÷४ दिन धेरै गाह्रो भयो । घरको यादले सताउँथ्यो । तर पछिपछि चिनजान र साथीसँग घुलमिल हुन थालेपछि रमाइलो लाग्न थाल्यो । उनी सम्झन्छन्, ‘साथी रमाइला किसिमका थिए । मैले होस्टल लाइफको फूल इन्जोय गरें ।’

    साथीका बीचमा ‘टिचर’ले पछि गएर के बन्ने सोध्दा निर्धक्क भन्थे उनी, ‘म मेरो बाबा जस्तै विजनेस म्यान हुन्छु ।’ साथीहरु भन्थे, ‘पाइलट, डाक्टर, इञ्जिनियर….’ ।
    १२ को परिक्षा सकिएपछि पोखरा फर्किए पालिखे । पोखरा कलेज अफ म्यानेजमेन्टमा भर्ना भए ः व्याचलर पढ्न । पढ्दापढ्दै उनका साथीहरु धमाधम अमेरिका जान थाले । उनलाई पनि एकपटक ट्राई हानम् न त भन्ने मनसायले विद्यार्थी भिसा अप्लाई गरे ।

    पहिलोपटक नै भिसा परेपछि सन् २००९ मा अमेरिका गए । त्यहाँ सफ्टवेयर अपरेटरका रुपमा काम गर्थे हप्ताको ६० घण्टा । अमेरिका गएदेखि नै नेपाल कहिले फर्कूं, र केही गरुँं भन्ने लाग्थ्यो । ब्याचलर र मास्टर्स पढेर सक्दा पनि उनी नेपाल फर्किने कुरा गर्दा साथीहरुको बीचमा हाँसोको पात्र बनेको थिए । र पनि फर्किए नेपाल सन् २०१७ मा ।

    गुरुङलाई नेपाल र अमेरिकामा अरुले देखेको जस्तो आकाश पातालको फरक देख्दैनन् । उनी भन्छन्, ‘त्यहाँ पनि खाना खाने उस्तै हो, बस्ने उस्तै हो । सुत्ने र उठ्ने पनि उही हो,’ उनी थप्छन्, ‘फरक भनेको सिस्टम मात्र हो,’ उनले भने ।
    अमेरिकामा सबै कामा सिस्टोम्याटिक तरिकाले जाने उनी सुनाउँछन् । अमेरिकादेखि नेपाल आउँदा सफ्टवेयरको काम गर्ने सोंचले नेपाल आएका थिए उनी । तर देशमा त्यो सफ्टवेयरको सहजता र अझै पनि प्रयोगमा नआएका कारण नगरेको उनले बताए ।

    अहिले पालिखे पोखरा इन्टरनेट र अर्मला केवलको म्यानेजमेन्ट हेर्दैछन् । सुरूमा कम्पनीमा आउँदा कम्पनी घाटाको अवस्थामा थियो । तर पछि सबै व्यवस्थापन मिलाएर अहिले ठिक ठाउँमा ल्याएका छन् । आफ्नो दुवै कम्पनीलाई पोखराको उत्कृष्ट कम्पनीका रुपमा उभ्याउने उनको धोको छ । उनले सुनाए, ‘देश नै खाउँला भन्ने छैन । तर अवको १० वर्षमा पोखराको नं १ कम्पनी बनाउनु छ ।’

    मगर पाेखराकाे समाधान दैनिकमा काम गर्छन् ।

    सम्बन्धित खवर