बल्ल पत्ता लाग्यो साँढे ३३ किलो सुनका मालिक, को हुन् अनि कहाँ छन् उनी ? [ शेयर गरौँ ]

बल्ल पत्ता लाग्यो साँढे ३३ किलो सुनका मालिक, को हुन् अनि कहाँ छन् उनी ? [ शेयर गरौँ ]

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • बल्ल पत्ता लाग्यो साँढे ३३ किलो सुनका मालिक, को हुन् अनि कहाँ छन् उनी ? [ शेयर गरौँ ]

    काठमाडौं, ३० बैशाख । चर्चित साँढे ३३ किलो सुनकाण्डका मालिक पत्ता लागेको छ ।

    सनम शाक्य हत्या प्रकरण र सुन तस्करीको अध्ययन गरिहरेको गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले साँढे ३३ किलो सुनको अबैध तस्करीका मालिक पत्ता लगाएको हो । काठमाडौँबाट लुटिएको भनिएको सुनका मालिक सुनसरीको धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवालको रहेको खुलासा भएको छ ।

    काठमाडौँको डिल्लीबजारमा बसेर उनले सुन तस्करीको धन्दा चलाउँदै आाएका थिए । मोहनकुमारको लगानीमा चुडामणि उप्रेती ‘गोरे’ लगायतका तस्करहरुले दुबईबाट थाई एयरलाइन्समार्फत सुन ल्याएको छानबिन समितिको निष्कर्ष छ ।

    तर, सनम शाक्यको हत्याकाण्डपछि मोहनकुमारले पनि काठमाडौँ छाडेको बताइएको छ । उनी बस्दै आएको घरमा दुई महिनादेखि ताला लागेको बताइएको छ ।

    प्रहरीले अग्रवालको खोजी गरिहेको छ । उनी भागेर भारत पुगेको हुनसक्ने प्रहरीको आशंका छ ।

    यो पनि,

    तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र
    पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन ।

    पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका–८ को दम्भाखोलामा जोड्ने योजना थियो । योजनाअनुसार पोखरा–मालढुंगा–बेनी सडकको वैकल्पिक मार्गका रूपमा यो सडकलाई डबल लेनको बनाउने स्टिमेट सडक डिभिजन कार्यालयले गरेको थियो  ।

    डबल लेनको सडकको १२ मिटर कालोपत्रे, तीन÷तीन मिटर सेड–ब्याक, दुईतर्फी नाली, कुश्मा–२ खुर्कोटको रिठेखोलामा पक्की पुल र अन्य ससाना खोल्सामा कल्भर्ट राख्ने योजना थियो  । बहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजनालाई बागलुङको सडक डिभिजन कार्यालयले ठेक्का पनि लगायो ।

    तर, तत्कालीन ठेकेदार डिबी तामाङले थोरै काम थालेर छाडे पनि हालसम्म योजनामा प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले तदारुकता नदेखाएको स्थानीयको गुनासो छ । योजनाअनुसार बहुवर्षे ठेक्का स्वीकृत गराएर उतिबेलै रु ११ करोड बजेट विनियोजन भएको थियो ।

    २२ किलोमिटर कालोपत्रे गर्न रु ५९ करोडको स्टिमेट थियो । रु ११ करोड बजेट छुट्टिएपछि काम पनि शुरु भएको थियो । गत वर्ष उक्त सडकका लागि रु ४८ करोड स्वीकृत भएको पूर्वसांसद अर्जुनप्रसाद जोशीले जानकारी दिनुभयो ।

    कालोपत्रे गर्न भन्दै पुरानो ट्रयाक भत्काएपछि हिउँदका केही महिना चल्ने सडकमा दुई वर्षयता यातायात आवगमन ठप्प जस्तै छ  । ढुंगा र गिट्टीले पुरानो सडक पुरिएपछि यतिबेला पैदलयात्रीलाई हिँड्न पनि असहज छ  ।

    सडक कालोपत्रे हुने भएपछि स्थानीय सरोकारवालाको पहलमा दुई वर्षअघि रिठे खोलामा पुलको योजना प¥यो  । योजनाअनुसार पुलको काम शुरु भएको छ । खुर्कोटकै व्यवसायी राजु पौडेलले जिम्मा लिएको पुल आगामी असार मसान्तसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ ।
    डिभिजन प्रमुख थानेश्वर खत्रीका अनुसार यो वर्ष धेरै क्षेत्रीय सडकमा स्वीकृत बजेट सरकारले कटौती गर्दा पर्वतसहित धौलागिरिका अन्य सडकको काम पनि अघि बढ्न नसकेको हो ।

    सम्बन्धित खवर