१३ वर्षीया किशोरीले बच्चा जन्माइन्, छोरी जन्मिएको भन्दै तीन दिनको सुत्केरीलाई घर निकाला

१३ वर्षीया किशोरीले बच्चा जन्माइन्, छोरी जन्मिएको भन्दै तीन दिनको सुत्केरीलाई घर निकाला

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • १३ वर्षीया किशोरीले बच्चा जन्माइन्, छोरी जन्मिएको भन्दै तीन दिनको सुत्केरीलाई घर निकाला

    सुनसरी । सुनसरीमा एउटी १३ वर्षीया किशोरीले बच्चा जन्माएकी छन् । उनको गतवर्ष आमाबुवाले नै बालविवाह गरिदिएका थिए । विवाह भएको एक वर्षमा छोरी जन्माएकी १३ वर्षकी सुत्केरी किशोरी ममता मरिकलाई परिवारका सदस्यले घर निकाला गरिदिएका छन् । सुत्केरी भएको तीन दिनमै छोरी लिएर निस्की भनेर धम्क्याए पछि ममता बिचल्ली अवस्थामा छन् । सानो उमेरमै आमा बनेका कारण ममता र उनको बच्चाको स्वास्थ्य अवस्था पनि राम्रो छैन । ममतालाई मुटुको समस्या र रगत कमी भएको अस्पतालले जनाएको छ भने छोरी पनि कुपोशित छन् । घर परिवारले निकालीदिएपछि १३ वर्षकी ममता मरिक यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् ।

    परिवारका सदस्यले घरवाट निकालीदिएपछि ममतालाई चिनेजानेका मानिसले अस्पतालमा ल्याएर छोडिदिएका थिए । तर ममताले अस्पतालमा ल्याउनेको नाम समेत बताएकी छैनन् । उनी अहिले चार दिन देखि इनरुवा अस्पतालमा छन् । ममता र नवजात शिशुको हेरचाह र खान दिने मानिस समेत कोही नहुंदा सुत्केरीको बिचल्ली भएको छ । बालक उमेरमै आमा बनेकी ममतालाई शिशु कसरी स्याहार गर्ने समेत थाहा छैन । स्तनपान समेत गराउन जान्दिनन् । चिकित्सकले बच्चालाई पुग्ने दुध ममतावाट नआउने बताएका छन् । उमेर नपुगी आमा बनेका कारण बच्चाका लागि पुग्ने दुध नआएको हो । आमाको स्वास्थ्य अवस्था समेत ठिक नभएकाले समस्या भएको छ । एक वर्ष अघि सिराहाको गोलबजार घर भएका प्रकाश मरिकसँग उनको बाल बिवाह भएको थियो । छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको ममताले बताइन् । सुत्केरी भएको अवस्थामा खान समेत नदिएपछि आफन्तले अस्पतालमा ल्याएर छोडेका थिए ।

    ममताले आफूलाई श्रीमान् सहित परिवारका सदस्यले ‘तँ पनि गैहाल, तेरो छोरी पनि लिएर जा’ भन्दै घरबाट लखेटेको बताइन् । घरवाट निकालीए पछि माइती पुगेकी उनले माइतमा पनि शरण पाइनन् । माइतीको आर्थिक अवस्था निकै कमजोर रहेको उनले बताइन् ।प्राप्त जानकारी अनुसार ममताका बुबा ढोगाई मरिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् । अस्पतालका अनुसार ममतालाई रगतको अभाव, मुटुको समस्या छ । ममता मात्र हैन कुपोषित शिशुको स्वास्थ्य अवस्था समेत गम्भिर रहेको अस्पतालले जनाएको छ । अस्पतालले भर्ना भएदेखि नै आमा र शिशुको उपचार निशुल्क गर्दै आएको जनाएको छ । आफू र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी ममताले आफूलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् । महिला खबरको सहयोगमा

    सम्बन्धित खवर