भर्खरै आयो अर्को ठुलो दुखद खबर पुरा पदनुहोस

भर्खरै आयो अर्को ठुलो दुखद खबर पुरा पदनुहोस

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • भर्खरै आयो अर्को ठुलो दुखद खबर पुरा पदनुहोस

    वैशाख,२९/ विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजकसहित एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्पलालपार्कमा प्रदर्शन भएको थियो ।प्रदर्शनमा संलग्न विवेकशील साझा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू र रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १२ जनालाई पक्राउ गरेको हो ।

    ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए । शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले निरंकुश चरित्र देखाएको पक्राउ परेका पार्टीका प्रदेश संयोजक सैंजूले बताए ।

    धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । शुक्रवार धरान–धनकुटा सडकखण्ड अन्तर्गत स्कुलडाँडा नजिक दुर्घटना भएको हो ।प्रहरीका अनुसार धरानबाट संखुवासभाको आँखिभुईंतर्फ जाँदै गरेको को१ख २५३० नम्बरको बस बिहान साढे ११ बजे धनकुटा नगरपालिका–३ को स्कुलडाँडा नजिकैको सडकमा पल्टिएर दुर्घटना भएको हो ।

    घाइते हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिकाका धनबहादुर जिमी, बोचुमबहादुर जिमी, विमला कार्की, अमरबहादुर कार्की, अमृतकुमार नेपाल, शंकर खड्का, धनकुटा नगरपालिका ५ का दिप्ती श्रेष्ठ, निलम श्रेष्ठ, किरण मास्के, ११ महिनाका रुक्सन श्रेष्ठ, धनकुटा ७ का चन्द्रबहादुर तामाङ, जगत राई रहेका छन् ।यसै गरी पाख्रिबास नगरपालिका १० का पदमबहादुर राई, ४ का गणेशबहादुर बस्नेत, सहिदभूमि गाउँपालिकाका सजना राई, ईटहरी ७ का अञ्जु बस्नेत र धरान १५ का सुनिल भुजेल घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।

    करोडौँ मूल्यमा बुद्ध धर्मग्रन्थ बेच्न लैजाँदै गर्दा पक्राउ

    काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित आज पाँच जनालाई पक्राउ गरेको छ ।ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयरावज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पुरातात्विक महत्वका ऐतिहासिक धर्मग्रन्थ उच्च मूल्यदर राखी कानूनविपरीत बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरुसँग प्राचीन हस्तलिखित ‘ग्याथम्पा’ नामक २२८ पानाको एक थान बौद्ध धर्मग्रन्थ बरामद

    गरेको छ । सुन तथा चाँदीबाट लेखेको भनिएको उक्त धर्मग्रन्थ करीब तीन चार सय वर्ष पुरानो भनी १० करोडमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।अभियुक्तलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित खवर