८० लाखमा ७ केजी सुन दिने भन्दै ठग्ने दुई जना समातिए

८० लाखमा ७ केजी सुन दिने भन्दै ठग्ने दुई जना समातिए

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • ८० लाखमा ७ केजी सुन दिने भन्दै ठग्ने दुई जना समातिए

    २८ वैशाख, काठमाडौं । प्रहरीले सुन जस्तो देखिने ७ केजी धातु देखाएर ८० लाख रुपैयाँमा विक्री गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको दुरागाउँ–८ घर भइ हाल ललितपुरको हात्तिवन बस्दै आएका ३५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकको फुलपिङ–३ घर भइ हाल ललितपुर बस्दै आएका २७ वर्षीय रमेश बैजु छन् ।

    महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनीहरुलाई ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित विकेएम खाजा घरबाट सुन जस्तो देखिन ७ थान विस्कुटसहित उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

    थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।source:goekhalisandesh

    सम्बन्धित खवर