धादिङमा ४ सवारीसाधन एकआपसमा ठोक्किँदा

धादिङमा ४ सवारीसाधन एकआपसमा ठोक्किँदा

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • धादिङमा ४ सवारीसाधन एकआपसमा ठोक्किँदा

    धादिङ — जोगीमाराको हुग्दीखोला पुलमा ४ वटा सवारी साधनहरु आपसमा ठक्कर खाँदा पृथ्वीराजमार्ग केही समय अवरुद्ध भएर एकतर्फी रुपमा स‌ंचालनमा अाएको छ ।

    काठमाडौंबाट मुग्लिन तर्फ गैरहेको ना ६ ख ९४०७ नम्बरको मालवाहक ट्रेलरसँग मुग्लिनबाट काठमाडौं जाँदै गरेको युपी ५८ टि ३००४ नम्बरको भारतीय ट्रक पुलकै मुख एकआपसमा ठोकिएका थिए । मोडमा ठक्कर खाएका थिए । यी २ आपसमा ठक्कर खाए लगत्तै दुवै तर्फबाट पछिपछि आएका ना ५ ख ९३९७ नंवरको अर्को ट्रक र काठमाडौं जाँदै गरेको बस पनि यिनै सवारी साधनमा ठक्कर खाएका थिए ।

    उक्त घटनामा ना ६ ख ९४०७ का धुनीबेंसी–५ निवासी चालक राजु घले सख्त घाइते भएका छन् भने सहचालक सामान्य घाइते भएका छन् । घाइते चालकलाई उपचारार्थ काठमाडौं पठाइएको गजुरी स्थित इलाका प्रहरीका प्रहरी निरिक्षक सन्जय तिमिल्सिनाले बताए ।
    बिहान पौने ५ बजे भएको उक्त दुर्घटना पछि राजमार्ग केही समय अवरुद्ध भई एकतर्फी रुपमा संचालनमा आएको थियो । ‘ गाडी हटाउनका लागि डोजर दुर्घटनास्थल पुगिसकेकाले एकतर्फी रुपमा सुचारु भएको बाटो अब केही बेर मै दुई तर्फी हुन्छ,’ तिमिल्सिनाले भने ।

    Source: Kantipurdaily.com

    सम्बन्धित खवर