नाङ्गै भुतुङ्गै भयो ओलीको नक्कली खोक्रो राष्ट्रवाद, मोदीले होइन ओलीले माग्नुपर्छ यसकारण माफी

नाङ्गै भुतुङ्गै भयो ओलीको नक्कली खोक्रो राष्ट्रवाद, मोदीले होइन ओलीले माग्नुपर्छ यसकारण माफी

  • , 6K जनाले हेर्नुभयो
  • 6K
    SHARES

  • नाङ्गै भुतुङ्गै भयो ओलीको नक्कली खोक्रो राष्ट्रवाद, मोदीले होइन ओलीले माग्नुपर्छ यसकारण माफी

    २७ बैशाख २०७५ ,काठमाडौं । एमालेका साथै केही राष्ट्रवादी छवि बनाएका बुद्धिजीवीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला नाकाबन्दी लगाएका बारेमा माफी माग्नुपर्ने भनेर जोडदार आवाज उठाएका छन् ।

     

    तर, नाकाबन्दी मोदीले भन्दा पनि केपी ओलीले लगाएको भनेर टिप्पणी भएको छ । मोदीसँग मिलेर नाकाबन्दी लगाउन बाध्य बनाएका ओलीले नेपाली जनतासँग माफी माग्नुपर्ने आवाज उठेको हो ।

    हिन्दूवादी युवा नेता विकास ठाकुरले चेतावनीयुक्त शैलीमा भनेका छन्, ‘नाकाबन्दीले सबैभन्दा धेरै कसलाई फाइदा पुगेको छ ? त्यही नाकाबन्दी र मोदीको समर्थनमा ठूलो पार्टी बनेर प्रधानमन्त्री बनेका ओलीले जनतासँग माफी माग्नुपर्छ ।

    ‘नाकाबन्दीको लागि भारत वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई होइन, एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई माफी माग्न लगाउ’, उनले भनेका छन्, ‘किनभने नाकाबन्दीले भारत वा मोदीलाई केही फाइदा भएन । तर, नाकाबन्दीकै बुई चढेर राष्ट्रवादी बनेका ओली नाकाबन्दीकै कारण बहुमतका प्रधानमन्त्री बने र अहिले लम्पसार भए ।’

     

    ओलीको राष्ट्रवादी छवि अहिले आएर भताभुङ्ग भएको नेता ठाकुरको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदीले शुक्रबारबाट नेपालको भ्रमण गर्दै छन् । धमाधम अन्तिम तयारी भइरहेका बेला केही वुद्धिजीवीहरूले सामाजिक सञ्जालमा मोदीलाई माफी माग्न दवाव दिइरहेका छन् । तर, त्यही नाकाबन्दीले ठूलो दल बनेको एमाले भने चुपचाप मौन बसेर मोदीको भव्य स्वागत गर्दैछ । स्रोत:  मिडिया डबली

    सम्बन्धित खवर