अत्तरिया बजारमा रहेका खोका छाप्रा हटाएको भन्दै स्वरोजगार संघर्ष समितीको आयोजनामा नगरपालीकामा धर्ना दिए

अत्तरिया बजारमा रहेका खोका छाप्रा हटाएको भन्दै स्वरोजगार संघर्ष समितीको आयोजनामा नगरपालीकामा धर्ना दिए

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • अत्तरिया बजारमा रहेका खोका छाप्रा हटाएको भन्दै स्वरोजगार संघर्ष समितीको आयोजनामा नगरपालीकामा धर्ना दिए

    अत्तरिया- अत्तरियामा रहेका खोका, छाप्रा, ठेला हटाएको बिरोधमा ब्यापारीहरुले आज गोदाबरी नगरपालीकामा धर्ना दिएका छन् । अत्तरिया बजारमा रहेका खोका छाप्रा हटाएको भन्दै स्वरोजगार संघर्ष समितीको आयोजनामा नगरपालीकामा धर्ना दिएका हुन् ।

    गत हप्ता संघर्ष समितीले बजारबाट हटाईएका खोका छाप्रालाई ब्यबस्थीत गरिपाउ भनी नगरपालीकामा ज्ञापन पत्र बुझाएको र कुनै सुनुवाई नभएकोले आज आफुहरु आन्दोलन गर्न बाध्य भएको समितीले जनाएको छ ।

    त्यस्तै हटाईएका खोका, छाप्रा, ठेला पुनः उक्त स्थानमा अस्थाई गरी राख्ने कार्य भएकोले हिजो नगरपालीकाले एक सुचना जारी गरि २४ घण्टा भित्र खोका, छाप्रा, ठेला हटाउन निर्देशन दिएको थियो । खोका छाप्रा ब्यबसायीहरुले भने आफुहरुको उचित ब्यबस्थापन बिना नै जबरजस्ती हटाएको प्रती आपत्ति जनाएका छन् ।

    ६ लाइन सडक बिस्तारको काम सँगै सडक बिभागले स्थानिय जन प्रतिनिधि सँग समन्वय गरेर अत्तरियामा रहेका खोका छाप्रा गत हप्ता हटाएको छ । पूर्वमा शशस्त्र प्रहरीको बाहिनी सम्म, पश्चिममा गोदावरी नदी सम्म, उत्तरमा दुर्गा लक्ष्मी मावि सम्मका सबै खोका छाप्राहरु हटाएको छ ।

    गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा नम्बर १ र २ का वडा अध्यक्ष, संघर्ष समिती लगायतको नगरपालीकामा अहिले यस बिषयमा छलफल भईरहेको छ । अत्तरिया बजार वरपर खोका छाप्राहरुको ब्यबस्थापनका लागी जग्गाखोजी भैरहेको यो भएपछि स्थाई रुपमा खोका छाप्राहरुको ब्यबस्थापन गरिने नगरपालिकाका जनप्रतिनिधिरुले बताएका छन् ।

    सम्बन्धित खवर