‘पोर्नस्टार’ विन्दु परियारलाई सँधै बिझाइरहने आफ्नै चार नाम

‘पोर्नस्टार’ विन्दु परियारलाई सँधै बिझाइरहने आफ्नै चार नाम

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • ‘पोर्नस्टार’ विन्दु परियारलाई सँधै बिझाइरहने आफ्नै चार नाम

    काठमाडौं, २५ वैशाख । गरिबीसँग जोडिन्छ सपनाको यात्रा । त्यस यात्रासँग गाँसिन्छ अवसरको नाता । त्यहि सम्बन्धले ‘नगरबधु’ बनिदिनुपर्ने बाध्यताको दबाबमा राख्छ । अनि, विश्वभर विख्यात हुन्छन् फरक–फरक नाम । ‘विन्दी’, ‘सोनाली’, ‘मल्लिका’ र ‘हटी विन्दी’ यस्तै यस्तै ।

    यो कथा हो, सपना समाउन हिँडेर नर्कजस्तै पीडासँग विद्रोह गरी लाखौं उपहारको न्याय पाएकी विन्दु परियारको । कास्कीको हेम्जामा जन्मिएकी विन्दुका यी नाम बाध्यताका कामका उपज हुन् । इन्टरनेटमा फरक–फरक साइटमा भेटिन्छन् ।

    विन्दुले अमेरिकी रात्री क्लवहरूमा सन् २०१० देखि काम गर्न थालिन् । २५ वर्षको उमेरदेखि यस्ता क्लवको आकर्षण बनिन् उनी । विन्दुको कथा चेलीबेटी बेचविखनबाटको पीडाबाट सुरू हुन्छ । अमेरिकामा उनी सन् २०१६ देखि वयस्क मनोरञ्जनात्मक उद्योग छाडेर नर्स बन्ने सपनातिर दौडिरहेकी छन् । त्यसैले अमेरिकी मिडियाहरू लेख्छन्– विन्दु परियार नर्स हुन् ।

    नेपालको गरिब र दलित परिवारमा जन्मिएकी विन्दुका अभिभावक किसान हुन् । उनीहरूसँग सन्तानको शिक्षामा खर्च गर्ने रकम थिएन । सरकारी स्कुलमा कक्षा ३ मा अध्ययन गर्दागर्दै विन्दुलाई बोर्डिङ स्कुल भर्ना गरियो । त्यसको खर्च अमेरिकी नागरिक टम सेवेलले उठाए । त्यसबेला काकीका पति टम विन्दुलाई त्यहाँबाट उठाउने र केही समयका लागि कानुनी पति पनि बनेका थिए ।

    सन् २०१० मा जब उनी अमेरिका पुगिन् उनले धौलागिरी बोर्डिङ स्कुलबाट एसएलसी र ज्ञानुबाबा उच्च माध्यमिक विद्यालयबाट प्लस छु सकेकी थिइन् ।

    विन्दु अमेरिकी नागरिक टम (जसलाई महिला बेचविखनका अभियुक्त मानिन्छ)बाट लामो समय योजनाबद्ध हिसाबले पीडित भइन् । सन् १९९० मा टम नेपाल आएका थिए । यो जोडी ११ वर्षसम्म सँगै बसेको थियो । अहिले दुवैबीच सम्बन्ध विच्छेद भइसकेको छ ।

    टमले त्यसअघि नै विन्दुकी फुपु पर्नेसँग विवाह गरेका थिए । टेक्सास राज्यको डल्लास भन्ने ठाउँमा १७ वर्षिया सीतालाई उनले रात्री क्लवमा काम गर्नका लागि दबाब दिने गरेका थिए । उनी धम्क्याउँथे, नेपालमा जानकारी दिए मार्नेसम्मको धम्की दिन्थे, सीतालाई ।

    कसरी पुगिन् अमेरिका ? 
    सीतालाई अमेरिकामा राखेका टम नेपाल फर्किए । उनले विन्दुका परिवारसँग आफ्नो वैवाहिक जीवन खुसी नभएको र विन्दुसँग विहे गर्ने मन भएको बताए । त्यसबेला उनको नर्स बन्ने सपनालाई पुरा गर्ने एउटा राम्रो मौका रहेको पनि बताएका थिए । गरिब दलित परिवारका लागि यो अवसरजस्तै लाग्यो र उनीहरू टमको भावनात्मक दबाबमा राजी भए ।

    विन्दुका लागि अमेरिकी दुतावासले ‘केवान’ भिसा दियो र टमले उनलाई विहे गरी २०१०को अक्टोबरमा अमेरिका पुराएका थिए ।

    ललाई फकाई विहे गरी विन्दुलाई अमेरिका पुराएका टमले सीतालाई जस्तै रात्री क्लवमा काम गर्न विन्दुलाई दबाब दिए । हप्ताको सातै दिन विन्दुलाई काममा लगाई प्रत्येक दिन कम्तिमा एक हजार अमेरिकी डलर दिनुपर्ने बाध्यतामा पारे ।

    त्यसो नभए उनीमाथि शारिरीक हिंसामा उत्रिन्थे टम । यातना यतिमात्र थिएन, कहिले पिसाब खुवाउने त कहिले अनुहारसमा पिसाव फेरिदिने जस्ता यातना पनि दिने गरेका थिए ।

    टमले विन्दुका सबै कागजात, केही नग्न तस्बिर व्ल्याकमेलिङको हतियार बनाएका थिए । ‘यदि यहाँ छाडेर गइस् भने यी सबै उदाङ्गो पार्छु’ भनी दबाबमा विन्दुलाई राखेका थिए । रक्सी खुवाएर केही युवाहरूसँग यौन कार्य गराएर भिडियो बनाउने काम पनि टमले गरेको विन्दुले बताएकी थिइन् ।

    उनले मेडियालाई बताएअनुसार अमेरिकामा केही समय आत्महत्याको कोशिश पनि गरेकी थिइन् । मनोवैज्ञानिक उपचार पनि गराइन् ।

    नयाँ जीवनको उदय
    अन्ततः विन्दुले टमको यातनागृहबाट उन्मुक्तिको बाटो रोजिन् । कानुनी उपचारमा जाने निर्णयमा पुगिन् । डल्लासमा रहेको महिलाबेचविखन र घरेलु हिंसाका पीडित रहेको सेल्टरमा पुगिन्, उनी ।

    सन् २०१५ मा उनी अर्कैसँग सम्बन्धमा रहेको बताउँदै आफ्नो नर्स बन्ने सपना पुरा गर्ने विषयमा खुलिन् । उनले दिएको बयानमा भनेकी थिइन्,‘टम मेरा पति होइनन् । इन्टरनेटमा देखिएका जतिपनि पोर्न भिडियो छन् यसको कारण टमको दबाब हो । म र सीताबीच देखिएको सम्बन्धको कथा फरक छैन । हामी पीडित हौं ।’

    उनले बयानमा भनेकी थिइन्,‘हामीलाई नेपाली समाजले स्वीकार्दैन । तर हामी अहिले खुसी छौं । समाजको भन्दा पनि हाम्रो व्यक्तिगत बाँच्ने अधिकार हामीले पाएका छौं ।’

    लाखौंको हर्जाना, सपनाको यात्रा 
    डिसेम्बर, २०१६ मा अन्तर्राष्ट्रिय मिडियाले अमेरीक संघीय अदालतका न्यायाधीशले विन्दुका पक्षमा टमले ७.२५ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाए । अदालतको आदेशअनुसार विन्दुले उक्त रकमको दाबी गर्दै भनिन्,‘मैले सपना पनि यति पैसा पाउने अपेक्षा गरेकी थिइन ।’

    फेब्रुअरी २०१६ मा विन्दुको फेसबुक पेजमा उनी सहायक प्रशाशक, वेटर भएको र प्रेमीसँग सम्बन्धमा रहेको उल्लेख भयो । उनले भनेकी छन्,‘म सामान्य जीवन बाँच्न चहान्छु । अदालतले दिएको यो उपहार म टमले पीडित बनाएका युवतीको उद्दारमा खर्च गर्न चहान्छु । म एउटा सहयोगी महिलाका रूपमा काम गर्न चहान्छु ।’

    सम्बन्धित खवर