वैदेशिक रोजगारीमा जाने नेपालीका लागि सुखद खबर, गोकर्ण विष्टले गरे यस्तो काम

वैदेशिक रोजगारीमा जाने नेपालीका लागि सुखद खबर, गोकर्ण विष्टले गरे यस्तो काम

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • वैदेशिक रोजगारीमा जाने नेपालीका लागि सुखद खबर, गोकर्ण विष्टले गरे यस्तो काम

    काठमाडौँ, २५ बैशाख । श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि राहत हुने निर्देशिका ल्याएका छन् । उनले ल्याएको निर्देशिकालाई मन्त्रिपरिषद्ले स्वीकृत समेत गरिसकेको छ ।

    वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने व्यवस्था मन्त्री विष्टले अघि सारेका हुन् ।

    विष्टले ल्याएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका–२०७५मा यस्तो व्यवस्था गरिएको छ । हालसम्म मागपत्र प्रमाणीकरण कामदारको आउने देशका चेम्बर अफ कमर्स र नोटरी पब्लिकबाट हुँदै आएको थियो । यो व्यवस्थाले ठग एजेन्ट, रोजगारदाता र म्यानपावर व्यवसायीहरुलाई सरकारको आँखा छल्न सजिलो अवस्था थियो ।

    श्रम तथा रोजगार मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेकाअनुसार अब सम्बन्धित रोजगारदाता मुलुकमा रहेको दूतावासमा आधिकारिक जाँचबुझ भएर मात्रै वैदेशिक रोजगार विभागमा मागपत्र पेश गर्न सकिनेछ । यसले कामदारहरुलाई अप्ठेरो पर्दा दूतावासलाई उद्धार, पहल लगायतका काम गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।

    यसअघि संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि सरकारलाई मागपत्रको प्रमाणीकरण दूतावासबाट मात्र गराउन निर्देशन दिएको थियो । यसअघिका सरकारले त्यसलाई बेवास्ता गर्दै आएका थिए । तर, अहिले श्रम मन्त्री विष्टले मागपत्रको जाँचबुझ अब नियोगले गर्ने गरी नयाँ व्यवस्था गरेका छन् ।

    ३ वर्षअघि संसदीय समितिले पनि निर्णय उल्ट्याउन र मागपत्र प्रमाणीकरण गर्दा संलग्न हुने कर्मचारीले स्वीकृत वा अस्वीकृत भनी निश्चित समयसीमा भित्रै स्पष्ट रुपमा उल्लेख गर्न सरकारलाई निर्देशन दिएको थियो ।

    सम्बन्धित खवर