दाङ: यी हुन् बाटोमा भेटाएको डेढ तोला सुनका गहना फिर्ता गर्ने दङ्गाली चेली

दाङ: यी हुन् बाटोमा भेटाएको डेढ तोला सुनका गहना फिर्ता गर्ने दङ्गाली चेली

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • दाङ: यी हुन् बाटोमा भेटाएको डेढ तोला सुनका गहना फिर्ता गर्ने दङ्गाली चेली

    घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी रूद्रकुमारी महरा आफूले भेटाएको डेढतोला सुनका गरगहना सोमबार प्रहरीको रोहवरमा सम्वन्धित व्यक्तिलाई फिर्ता गरेकी हुन्।

    उक्त सुनका गरगहना घोराहीको वडा नं. १४ गोरखा टोल निवासी हरिदेवी वलीको रहेको भन्ने पुष्टि भएपछि दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी दुर्गा सिंहको रोहवरमा सुनका गरगहना महराले वलीलाई फिर्ता गरेकी हुन्।

    वलीले सन्तोष सुनचाँदी पसलबाट किनेर ल्याउँदै गर्दा उक्त सुनका गरगहना हराएकी थिइन्। आईतबार घोराही–लमही सडक खण्डको चन्द्रसूर्य पेट्रोल पम्प अगाडि महराले ती गरगहना भेट्टाएर प्रहरीलाई खबर गरेकी थिइन्।

    वलीले ती सुनका गरगहना आफ्नै भएको प्रमाणसहित पेश भएपछि सुनका गरगहना वलीलाई फिर्ता गरिएको एसपी सिंहले बताइन् । फेला परेका गरगहना झन्डै एक लाख मूल्य बराबरको रहेको एसपी सिंहले बताइन्।

    महराले यसअघि पनि गत तीजमा घोराही १० नारायणपुरमा फेलापारेको सुनका गरगहना पनि फिर्ता गरेकी थिइन्।

    सम्बन्धित खवर