मोदी नेपाल आउनै लाग्दा भन्सारमा रहेका सशस्त्र प्रहरिलाइ सरकारले हटायो ! कारण यस्तो छ

मोदी नेपाल आउनै लाग्दा भन्सारमा रहेका सशस्त्र प्रहरिलाइ सरकारले हटायो ! कारण यस्तो छ

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • मोदी नेपाल आउनै लाग्दा भन्सारमा रहेका सशस्त्र प्रहरिलाइ सरकारले हटायो ! कारण यस्तो छ

    काठमाडौं, २३ वैशाख । मुलुकभरका ८ वडा भन्सार कार्यालयमा सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गर्ने नियमित चेकजाँच बन्द भएको छ । अर्थ मन्त्रालयअन्तर्गत उच्चस्तरीय राजश्व समितिको निर्णयअनुसार शसस्त्र प्रहरीको चेकजांच हटाइएको हो । समितिले नेपालका ८ वटै भन्सार नाकामा सशस्त्रले गर्ने नियमित चेकजाँच कार्यलाई बन्द गर्न आदेश समेत दिएको थियो ।

    शसस्त्रले अब भन्सारमा छड्के चेकजांच गर्ने र प्रहरी र भन्सारका कर्मचारीलाई चेकजांच गर्दा पर्ने समस्यामा सहयोग गर्ने छ । यस अघि भन्सारका कर्मचारीसंग सिमानामा चेकजांचको काम गर्दै आएको थियो । नेपालका ८ वटा भन्सार नाकामा अब सशस्त्र प्रहरीले चेकजाँचका क्रममा आउने समस्याको सुरक्षा दिने र छड्के चेकजाँच गरी चोरी तस्करी नियन्त्रणमा सघाउने भएको छ । गम्भीर खालका चोरी–तस्करी नियन्त्रण गर्ने जिम्मेवारी भएकाले यस बिषयमा काम गर्न आदेश भएको बताइएको छ ।

    नयाँ अर्थमन्त्री आएसँगै अर्थ मन्त्रालयले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्न आदेश दिएको बताइएको छ । शसस्त्रको काम भनेको गम्भीर खालका चोरी–तस्करी नियन्त्रण गर्ने जिम्मेवारी भएकाले भन्सारका साना तिना सामान चेकजाँच गर्ने नभएको अर्थ मन्त्रालयका प्रवक्ता किशोरजंग कार्कीले बताए ।

    सम्बन्धित खवर