दुखद खबर दुर्घटनामा बाबु–छोराको मृत्यु

दुखद खबर दुर्घटनामा बाबु–छोराको मृत्यु

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • दुखद खबर दुर्घटनामा बाबु–छोराको मृत्यु

    बैशाख,२३/ चितवनको भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ राति सवा १२ बजेतिर दुर्घटना भएको हो।

    दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको मृत्यु भएको हो।

    दुर्घटनामा घाइते भइ उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएकामा चालक भरतको बिहान ३ बजे सोही मेडिकल कलेजमा र छोरा समीरको बिहान ४ बजे कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    मोटरसाइकल चालक भरतले अत्यधिक मादकपदार्थ सेवन गरी तीव्र गतिमा हाँकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस

    सम्बन्धित खवर