कसले हान्यो बसभित्रका यात्रुलाई नै जलाउने गरि गुडिरहेको बसमा पेट्रोल बम ………

कसले हान्यो बसभित्रका यात्रुलाई नै जलाउने गरि गुडिरहेको बसमा पेट्रोल बम ………

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • कसले हान्यो बसभित्रका यात्रुलाई नै जलाउने गरि गुडिरहेको बसमा पेट्रोल बम ………

    काठमाडौंबाट दाङ आउँदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने ठाउँमा शनिबार बिहान पेट्रोल बम प्रहार गरेको थियो ।

    रा६ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले जानकारी दिए ।

    पोखरेलका अनुसार दुई जनाको संख्यामा रहेका अज्ञात व्यक्तिले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए । बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो ।

    ‘ड्राइभरको पछाडिको एक र दुई नम्वर सिटको नजिकको बडीमा आगो लागेपछि यात्रु र गाडिका स्टापको प्रयासले आगो निभाइएको हो,’ अध्यक्ष पोखरेलले भने ।

    काठमाण्डुबाट दाङ तुलसपुर तर्फ आउँदै गरेको उक्त बस अहिले प्रहरीले स्कटिङ गरेर दाङ ल्याउँदै गरेको अध्यक्ष पोखरेलले बताए ।

    पेट्रोल बम कस्ले प्रहार गरेको हो ? भन्ने सवालमा यकिनका साथ भन्न नसकिने अध्यक्ष पोखरेलले बताए । ‘नेपाल कम्यूनिष्ट पार्टीको पनि नेपाल बन्द छ र अर्को तर्फ यातायात समितिहरु पनि आन्दोलनमा छन् ।

    त्यसैले कस्ले पेट्रोल बम प्रहार गरेको हो भन्ने कुरा प्रहरीले पत्ता लगाउला,’ उनले भने । उनले सम्भावित ठूलो क्षति हुनबाट बस जोगिएको जानकारी दिए ।

    सम्बन्धित खवर