अन्न नपुगेर हैन नेपालीले खान नजानेर खाद्यान्न आयात गर्नु परेको छ : प्रधानमन्त्री ओली

अन्न नपुगेर हैन नेपालीले खान नजानेर खाद्यान्न आयात गर्नु परेको छ : प्रधानमन्त्री ओली

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • अन्न नपुगेर हैन नेपालीले खान नजानेर खाद्यान्न आयात गर्नु परेको छ : प्रधानमन्त्री ओली

    वैशाख २२, चितवन ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई शुक्रबार रामपुरमा सम्बोधन गर्दै उनले सरकारले उपयोगी शिक्षामा जोड दिने बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको उल्लेख गर्दै २००७ सालपछि देश नयाँ शिक्षातर्फ उन्मुख भएको र त्यसअघि औपनिवेशिक आवश्यकताको उपनिवेशको बासिन्दालाई कमाउन सिकाउने खालको शिक्षा रहेको धारणा व्यक्त गरेका थिए ।

    नेपाल कृषि प्रधान देश रहेको र दुई तिहाइ जनसंख्या कृषिमा आधारित भएर पनि खाद्यान्न आयात गर्नु पर्ने अवस्था रहेको बताउँदै उनले अन्न नपुगेरभन्दा पनि खाने बानीको समस्याका कारण अभाव भएको बताए ।

    बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दीक्षित भएर जाने विद्यार्थीले राष्ट्र र जनताको हित अनुकूल काम गर्न आवश्यक रहेको बताए ।

    बैठकमा प्रस्ताव गरिएको दीक्षित हुने विद्यार्थीको नामावली पारित गरिएको थियो । बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा भएको थियो ।

    सम्बन्धित खवर