भोलि सबै यातायात बिहानैदेखि चल्ने

भोलि सबै यातायात बिहानैदेखि चल्ने

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • भोलि सबै यातायात बिहानैदेखि चल्ने

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरेको छ । शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै आफ्नो आन्दोनलको कार्यक्रम सफल भएको दाबी गर्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने बताएको हो ।

    यातायाता व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिको निकालको विज्ञप्तिमा आज यातायात बन्दबाट प्रभावित हुने यात्रुमा क्षमासमेत मागेको छ । साथै सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिना शर्त रिहाई गर्न मागसमेत गरेको छ ।

    भोलि दिउँसो साढे ३ बजे बस्ने बैठकभन्दा अगाडि पक्राउ परेकालई बिना शर्त रिहाई गर्न माग गर्दै रिहाई नगरे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्मचार्यले सेतोपाटीलाई बताए ।

    ‘भोलि दिउँसो ३ बजे हाम्रो बैठक बस्दैछ । त्यो भन्दा अगाडि सरकारले पक्राउ परेका हाम्रा साथीहरूलाई रिहाई गरे ठीकै छ नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछौ,’ उनले भने,‘ हाम्रा साथीहरूलाई सरकारले बिना शर्त रिहाई गर्‍यो भने त्यही अनुसार काम हुन्छ । गरेन भने त्यही अनुसार हुन्छ ।’source;nepalkhabar

    सम्बन्धित खवर