माग्ने बुढाले केपि ओलिलाई दिएको सुझाव किन भयो एकाएक भाइरल ? यस्तो रहेछ सुझाव

माग्ने बुढाले केपि ओलिलाई दिएको सुझाव किन भयो एकाएक भाइरल ? यस्तो रहेछ सुझाव

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • माग्ने बुढाले केपि ओलिलाई दिएको सुझाव किन भयो एकाएक भाइरल ? यस्तो रहेछ सुझाव

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अागामी वैशाख २८ मा नेपाल भ्रमणमा आउँदैछन् । मोदी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले के-कस्ता मुद्दा उठाउने हुन्, त्यो हेर्न बाँकी छ ।तर हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले भने प्रधानमन्त्री ओलीलाई सिमा क्षेत्रमा भएका हस्तक्षेपको मुद्दालाई उठाउन सुझाव दिएका छन् ।
    हाँस्यकलाकार माग्ने बुढा सामाजिक संजालमा सक्रिय कलाकार हुन् । उनले देशको राजनितिक र समसामयिका बिषयको बारेमा बिभिन्न स्टाटस तथा पोस्हरु गर्ने गर्दछन् । उनले आफ्नो फेसबुक स्टाटसमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले पाएको डाक्टर उपाधि फिर्ता गर्नसमेत आग्रह गरेका छन् । उनले आफ्नो फेसबुक पोस्टमा भनेका छन्

    – केपी बा, हजुरले मोदि काकालाई रातो कार्पेट ओक्ष्याउनै लाग्दा उता मोदिका भतिजाहरुले सिमानामा थाॅग्नो ओक्ष्याएछन रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थाॅग्नामा लगेर सुताउछन्। देखिएका समाचार सत्य हुन भने ” सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन ” भन्ने आशयले नेपाल भित्र आएर खम्बा उखेलेका रहेछन। अस्ती हजुरलाई डाक्टरको उपाधी भिराएर पठाका छन क्यार , मोदि काका आॅउदा त्यो उपाधी हातमा थमाएर भन्नुहोला ” उपाधी लानोस ,सिमाना छोड्नोस।– शिघ्र समस्या समाधान होस भनि माग गर्दछु। जय मातृभूमि।

    सम्बन्धित खवर