यसरी विलय भयो प्रचण्डको पार्टी सदा सदाको लागी एमालेमा ! (पूर्णपाठसहित)

यसरी विलय भयो प्रचण्डको पार्टी सदा सदाको लागी एमालेमा ! (पूर्णपाठसहित)

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • यसरी विलय भयो प्रचण्डको पार्टी सदा सदाको लागी एमालेमा ! (पूर्णपाठसहित)

    काठमाडौं – एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने गरी चार बुँदे सहमति बनेको छ । माओवादीले उठाउँदै आएको जनयुद्ध शब्द एमालेले स्वीकार गर्ने सहमति बनेपछि एकता प्रक्रियामा देखिएको गतिरोध हटेको हो ।

    जनयुद्धको जगमा भएको ०६२ ०६३ को जनआन्दोलनकै कारण अहिलेसम्मको प्राप्त उपलब्धि भएको मान्न एमाले तयार भएको बताइएको छ । बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुई चरण्मा भएको वार्तामो उक्त सहमति बनेको र त्यसपछि ४ बुँदे सहमति बनेको स्रोतले जनाएको छ ।

    सहमति अनुसार एकीकृत पार्टीको अस्थायी केन्द्रीय समितिमा हाल कार्यदलले सिफारिस गरेका २ सय ९९ सदस्यलाई बढाएर कम्तीमा पनि ३ सय ७५ सदस्य बनाउने, त्यसमा दुवै पार्टीको बराबरी प्रतिनिधित्व गराउने, अहिले एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य नै एकीकृत पार्टीको चुनाव चिन्ह राख्ने सहमतिमा दुई शीर्ष नेता केपी ओली र प्रचण्ड पुगेका छन्।

    दुई शीर्ष नेताहरुबीच भएको बिहीबारको सहमतिलाई औपचारिकता दिन शुक्रबार या शनिबार पार्टी एकता संयोजन समितिको बैठकमा पेश गर्ने समझदारी समेत भएको छ।

    ओली र प्रचण्डबीच भएको चार बुँदे सहमति

    १. कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएकाले त्यसको अनुमोदनका लागि सामान्य भाषा परिमार्जन सहित एकता संयोजन समितिमा पेश गर्ने।

    २. माओवादी ‘जनयुद्ध’ बारे राजनीतिक प्रतिवेदनमा जुन स्पिरिटमा उल्लेख गरिएको छ त्यही स्पिरिटमा विधानमा पनि उल्लेख गर्ने।

    ३. एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य नै राख्ने।

    ४. बराबरीको मान्यतका आधारमा कम्तिमा पनि तीन सय ७५ सम्मको एकीकृत केन्द्रीय समिति निर्माण गर्ने।

    सम्बन्धित खवर