पत्रकारलाई लात्ता हान्ने एसएसपीको पक्षमा पूर्व एआईजी शर्मा

पत्रकारलाई लात्ता हान्ने एसएसपीको पक्षमा पूर्व एआईजी शर्मा

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • पत्रकारलाई लात्ता हान्ने एसएसपीको पक्षमा पूर्व एआईजी शर्मा

    काठमाडौं : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानविन र अनुसन्धानलाई विवादित बनाउने गरी पूर्व एआईजी विज्ञानराज शर्माले मिडियामा बयानबाजी गर्न थालेका छन् । शर्माले पत्रकारमाथि आक्रमण गर्ने एसएसपी दिबेश लोहनीको बचाउ गर्दै सुन तस्करीको अनुसन्धान अलमलिएको मिडियामा वताउन थालेका छन् ।

    प्रहरी संगठनमा बहाल हुँदा नै विवादास्पद अभिव्यक्ति दिने गरेका शर्माले न्यायीक हिरासतमा रहेका लोहनी औंलामा गन्न सकिने कुशल प्रहरी अधिकारी भएको बयान दिए । उनले प्रहरीको नाटकीय शैलीलाई नै सत्य ठान्नु छानविन समितिको गल्ती भएको टिप्पणी गर्दै तस्करीका अभियुक्तलाई आफ्नो सहानुभूति देखाउने कोशिश गरेका छन् ।

    सुन खोज्ने भन्दा पनि प्रहरी फसाउने काममा छानविन समिति लागेको अभियोग लगाउँदै अनुसन्धानलाई मोड्ने तरिकाको वक्तव्य दिएका छन् । बिगतमा उनी आफैं र भाई दयाको समेत संलग्नतामा सुन तस्करी हुने गरेको समाचार आउन थालेपछी शर्माको यस्तो बयान आएको हो । छानविन समितीलाई बिबादित बनाउने र लहरो तान्दा पहरो गर्जने भने झै आफ्नै भाई दया शर्मा र व्यापारी दिपक मलहोत्राको सेटिङमा हुने गरेको सुन तस्करीको पोल खुल्ने डरले शर्मा बयानबाजीमा उत्रिएका छन् । याे समाचार अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

    सम्बन्धित खवर