मदिरा सेवन गरि होहल्ला गर्ने लाई दिशा खुवाउदा प्रहरीको फन्दामा,

मदिरा सेवन गरि होहल्ला गर्ने लाई दिशा खुवाउदा प्रहरीको फन्दामा,

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • मदिरा सेवन गरि होहल्ला गर्ने लाई दिशा खुवाउदा प्रहरीको फन्दामा,

    वैशाख २० – सुर्खेतमा छिमेकीलाई दिसा खुवाउने एक महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका ५ की भविसरा थापा मगर स्थानीय भक्त बहादुर सलामीलाई दिशा ख्वाएपछि पक्राउ परेकी हुन् । थापाले प्रहरी चौकीको हाताभित्रै सलामीलाई दिशा ख्वाएकी छन् ।

    गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्यती गरेको भन्दै थापाले प्रहरीचौकीमा उजुरी दिएकी थिइन् ।प्रहरीले थापा र सलामीलाई झिकाई ५ नम्बर वडाका अध्यक्ष दिल मसांङ्गीको रोहबरमा छलफल गर्दा थापाले अविरको टिका लगाएर मिलापत्र गर्छु भनेकी थिइन् । तर, अबिर ल्याउने बहानामा प्लाष्टिकमा लुकाइ ल्याएको दिसा खुवाएपछि थापालाई पक्राउ गरिएकोे सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिए । प्रहरी कार्यालयमै दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उनले बताए ।

    सम्बन्धित खवर