धनराज गुरुङ भन्छन्- हामीले नाकाबन्दी भुलेका छैनौं, मोदीले हात जोडेर माफी माग्नुपर्छ (भिडियो)

धनराज गुरुङ भन्छन्- हामीले नाकाबन्दी भुलेका छैनौं, मोदीले हात जोडेर माफी माग्नुपर्छ (भिडियो)

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • धनराज गुरुङ भन्छन्- हामीले नाकाबन्दी भुलेका छैनौं, मोदीले हात जोडेर माफी माग्नुपर्छ (भिडियो)

    २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस नेता धनराज गुरुङ २०५३ मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरुण दलका महासचिव र संबिधान सभामा समानुपातिक सभासद रहिसकेका ब्यक्ति हुन् । राजनैतिक संघर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आएका गुरुङ युवाहरूलाई प्रजातान्त्रिक उद्देश्यका लागि गोलवद्ध हुने गुरुङ त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्यन गरेका छन् । भारतले लगाएको नाकाबन्दीको चर्को बिरोध गरेका गुरुङ नेपालीहरु माझ लोकप्रिय नेताको छबि बनाएका छन् ।

    उनै नेता गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीसँग हात जोडेर माफी माग्नुपर्ने बताएका छन् । ‘लोकान्तर शो’मा कुरा गर्दै नेता गुरुङले नेपालमाथि लगाइएको नाकाबन्दीबारे मोदीले आफ्नो आसन्न नेपाल भ्रमणका क्रममा माफी माग्नुपर्ने बताएका हुन् ।

    राष्ट्रियताको विषयमा चर्को भाषण गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा गएर लिपुलेकको बारेमा बोल्न नसकेको समेत उनले बताए ।

    साथै कांग्रेसले आफ्ना एजेन्डा बेच्न नसक्दा पराजित हुनुपरेको नेता गुरुङको भनाइ छ । ‘कम्युनिस्टहरूले पिठो होइन भुस पनि बेचे, कांग्रेसले बासमती चालम पनि बेच्न नसक्दा पार्टीको यो हाल भयो,’ उनले भने ।

    समसामयिक राजनीतिक अवस्था, कांग्रेसभित्रको विवाद, कांग्रेसका सात भाइको प्रस्ताव र शीघ्र महाधिवेशनबारे के भने उनले ?

    हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

    सम्बन्धित खवर