कांग्रेसलाई सुधार्नको लागि अब पनि सभापति देउवा नबद्लिएर् सुख छ र ? (भिडियो)

कांग्रेसलाई सुधार्नको लागि अब पनि सभापति देउवा नबद्लिएर् सुख छ र ? (भिडियो)

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • कांग्रेसलाई सुधार्नको लागि अब पनि सभापति देउवा नबद्लिएर् सुख छ र ? (भिडियो)

    कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य एव्म पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका मुख्य एजेण्डा र रोडम्याप प्रस्तुत गरेका छन् । शर्माले निर्वाचनमा पार्टी पराजय हुनुका ६ वटा फरक –फरक आन्तरिक कारण पनि प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको एजेण्डा र रोडम्याप लगायत कांग्रेसको आन्तरिक राजनीति र देशकै समसामयिक राजनीतिबारे गरिएको कुराकानी:-

    पंचायतकालमा नेपाल विद्यार्थी संघको मेची क्याम्पस ईकाई झापाको आध्यक्ष रहेको त्यो समय सम्झन्छु– माटोको भर ढुंगा, ढुंगाको भर माटो जस्तै कति आत्मीयता थियो साथी र साथीहरुबीच । तर, ०४६ को परिवर्तनपछि जब हामी शासनसत्तामा गयौं तब त्यागको भावना प्राप्तिको जुनुनमा बदलियो । आन्तरिक प्रतिस्पर्धालाई सिष्टम र संस्कारको सौन्दर्यसाथ विकसित गर्न सकिएन ।

    परिणाममा आत्मीयता मुर्झायो अनि दृष्यमा प्रकट भयो गणेशमानजीको प्रशंसा गर्दै गिरिजाबाबुको आलोचना र गिरिजाबाबुको समर्थन गर्दै किशुनजीको निन्दा गर्ने अपसंस्कृति । आफ्नाले नै आफ्नालाई खुईल्याउन सुरु गरेपछि कांग्रेसको घर रंगिन बनिरहन सम्भव थिएन । यसरी सुरु भयो सगरमाथाको उचाईबाट ओरालो झर्ने हाम्रो यात्रा । मुर्झाएको आत्मीयताले आन्तर्घातको आण्डा कोरल्यो र त्यसको वंश विस्तार हुँदै गयो । आज हाम्रो भागमा परेको पराजय नामको महाकाव्यका प्रारम्भिक शब्द र आनुच्छेदहरु नियतिले उसबेलै कोर्न सुरु गरिसकेको थियो ।

    बाँकि कुराकानी हेर्नको लागि तल भिडियोमा क्लिक गर्नुस

    सम्बन्धित खवर