भिडियो रिलिज ‘न रुनु है’ / अन्जु पन्तको आवाजमा शाहील र शिल्पा अन स्कृन रोमान्स भिडियो सहित

भिडियो रिलिज ‘न रुनु है’ / अन्जु पन्तको आवाजमा शाहील र शिल्पा अन स्कृन रोमान्स भिडियो सहित

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • भिडियो रिलिज ‘न रुनु है’ / अन्जु पन्तको आवाजमा शाहील र शिल्पा अन स्कृन रोमान्स भिडियो सहित


    प्रणब सुबेदी , काठमाण्डौ :
    नेपाली सिनेमा नगरीमा कुशल सम्पादकको पहिचान बनाएको सम्पादक शाहिल खानले मोडलिङ यात्रा पनि सुरु गरेका छन् । केहि समय अघि प्रदर्शनमा आएको फिल्म ‘च्याम्पियन’ बाट अभिनयको अनुभव बटुलेका शाहिलले पछिल्लो पटक म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरेका छन । बुधबार म्युजिक नेपालबाट शाहील खान र नायिका शिल्पा पोखरेल अभिनित अन्जु पन्तको आवाज रहेको गीतमा शाहिल र शिल्पाको केमेष्ट्रि गज्जबले जमेको देखिन्छ ।
    विज्ञान राइको निर्देशनमा बनेको भिडियोमा शाहिल र शिल्पाले अन स्कृन रोमान्स गरेका छन् । २ दर्जनबढि फिल्म सम्पादन गरेका तथा २ सय बढि फिल्मको ट्रेलर तयार गरिसकेका शाहिल पछिल्लो पटक ‘लभ डायरिज’ नामको फिल्मबाट ठुलोपर्दाको निर्देशनमा समेत अनुभव सँगाल्दैछन् । उक्त फिल्ममा शाहिलले एशोसियट निर्देशकको जिम्मा सम्हालेका छन् ।

    अभिनयलाई सोख र चाखको विषय मान्ने शाहिल पछिल्लो १० बर्षदेखि रंगिन दुनियाँसँग नजिक छन् । उनले केहि फिल्ममा सहायक निर्देशकको काम समेत गरिसकेका छन् । ‘न रुनु है’ बोलको गीतमा अञ्जु पन्तको स्वर छ भने क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा संगीत आलिफ खानले भरेका छन् । अर्जुन तिवारीले भिडियो खिचेका छन् ।

    सम्बन्धित खवर