सामाजीक संजालमा निकै भाइरल भैरहेका झापा दमकका अशोक दर्जिलाई कक्षा १० सम्म निःशुल्क पढाउने सहमति भएको छ ।उर्लाबारीमा स्थित बेथेल एजुकेशन एकेडेमीले अशोकलाई होस्टल अन्य सुविधा सहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको हो ।
उर्लाबारीका समाजसेवी पूर्ण वाइवा, पत्रकार किसोर श्रेष्ठ, विवेक हिङमाङ लगायत स्थानीयहरुको उपस्थितीमा अशोक दर्जीकै घरमा पुगी अशोकका बुबा पूर्ण दर्जी, आमा ललिता दर्जी र विद्यालयका संचालक दिपक न्यौपानेबिच यस्तो सहमती भएको हो ।
बेथेल एजुकेशन एकेडेमी स्कुलले अशोकका दुई जना बहिनीहरुलाई पनि १० कक्षासम्म पढाउने भएको छ । साथै उनलाई विभिन्न व्यतिहरुले संगीत सिकाउने कुरा पनि चलिरहेको छ ।