उपमेयर नै मरणासन्न हुने गरी श्रीमानबाट कुटिन्छन् भने निम्नबर्गीय समाजमा महिलाको हालत के होला ?

उपमेयर नै मरणासन्न हुने गरी श्रीमानबाट कुटिन्छन् भने निम्नबर्गीय समाजमा महिलाको हालत के होला ?

  • , 7.4K जनाले हेर्नुभयो
  • 7.4K
    SHARES

  • उपमेयर नै मरणासन्न हुने गरी श्रीमानबाट कुटिन्छन् भने निम्नबर्गीय समाजमा महिलाको हालत के होला ?

    काठमाडाै, १९ बैशाख । ललितपुर जिल्लाकाे गाेदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी अाफनै श्रीमानले कुटपिट गर्दा घाइते भएकी छन ।

    श्रीमानको कुटाइबाट घाइते भएकी मुना अधिकारी

    अधिकारी घरायसी विवादका कारण मंगलबार राति अाफनै निवास टाैखेलमा श्रीमानबाट कुटिएकी थिइन । ललितपुर प्रहरीका अनुसार अबेर राती अधिकारीले श्रीमानले कुटपिट गरेकाे भन्दै प्रहरीलार्इ फाेन गरेपछि उनका श्रीमान धुव्र कुवँरलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

    कुटपिटबाट उपमेयर अधिकारीकाे अाखाँमा गम्भिर चाेट लागेकाे पारीवारीक स्राेतले जनाएकाे छ । उनका श्रीमानलार्इ भने अहिले सातदाेबाटाे स्थित महानगरीय प्रहरी वृतमा राखिएकाे छ । र केही बेरमै थप अनुसन्धानका लागी जावलाखेल लगिने प्रहरी प्रभाग जावलाखेलले जनाएकाे छ ।

    गाेदावरी नगरपालिका अर्न्तगत न्यायिक समितिकाे संयाेजक समेत रहेकी उपमेयर अधिकारी अाफै घरेलु हिसांमा परेकी छिन । उनका श्रीमान कुवँरले पनि घरायसी विवादमा श्रीमतिलार्इ कुटपिट गरेकाे स्विकारेका छन् । तर उनका श्रिमानले बयानकाे क्रममा अाफु विगत ६ महिना देखि पारीवारीक तनावमा रहेकाे र सहनै नसकेपछि दुर्इ चड्कन हानेकाे बताएका छन । प्रहरीले यसबारे थप अनुसन्धान गरीरहेकाे जनाएकाे छ ।

    अधिकारीले परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा श्रीमानविरुद्ध उजुरी दिएकी छन्। source:onlineplanchok.com

    सम्बन्धित खवर