सरकारी छानविन समितिको निस्कर्षः ‘गोरे’ समूहद्वारा झण्डै ३८ क्वीन्टल सुन तस्करी

सरकारी छानविन समितिको निस्कर्षः ‘गोरे’ समूहद्वारा झण्डै ३८ क्वीन्टल सुन तस्करी

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • सरकारी छानविन समितिको निस्कर्षः ‘गोरे’ समूहद्वारा झण्डै ३८ क्वीन्टल सुन तस्करी

    बैशाक १९ काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’ समूहले मात्र झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सहसचिव ईश्वर पौडेल नेतृत्वको सरकारी छानविन समितिले यस्तो निस्कर्ष निकालेको हो । उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ ।

    गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ ।

    मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न समिति बनेको थियो ।

    समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
    News24Nepal TV बाट

    सम्बन्धित खवर