फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत्

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत्

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत्

    काठमाडौँ — आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि मूल्य बढाइएको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

    गोइतका अनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको छ । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ९०/९० रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोल १ सय ६ रुपैयाँ, डिजेल ८७ रुपैयाँ र मटितेल ८७ रुपैयाँ थियो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा रहेको प्रवक्ता गोइतले बताए ।
    निमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ । नयाँ मूल्य समायोजनपश्चात् निगमको अर्ध मासिक नाफा १० करोड ५५ लाख रुपैयाँ छ । यसअघि निगमको नाफा २१ करोड २३ लाख रुपैयाँ थियो ।
    आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोहीअनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ ।

    सम्बन्धित खवर