भारतीय सुरक्षा सेनालाई लखेट्न तयार भए कञ्चनपुरबासी, बढ्यो मुठभेडको सम्भावना (हेर्नुहोस् भिडियो)

भारतीय सुरक्षा सेनालाई लखेट्न तयार भए कञ्चनपुरबासी, बढ्यो मुठभेडको सम्भावना (हेर्नुहोस् भिडियो)

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • भारतीय सुरक्षा सेनालाई लखेट्न तयार भए कञ्चनपुरबासी, बढ्यो मुठभेडको सम्भावना (हेर्नुहोस् भिडियो)

    Related Articles

    किन चाहियो मोदीलाई यति धेरै सुरक्षाबल ? यस्तो छ रहश्य !(हेर्नुहोस् भिडियो सहित)
    7 mins ago

    हात्तिले मुखबाट धुवाँको मुस्लो उडाएको भिडियो भाइरल ! बैज्ञानिक पनि आश्चर्यमा परे>>>हेर्नुहोस भिडियो
    5 hours ago

    मोरङमा चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड, युवकले सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)
    5 hours ago

    भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादति रोक्ने नेपाल सरकारले कुनै कदम नचाले एसएसबीको प्रतिवाद गर्ने कञ्चनपुरबासीले चेतावनी दिएका छन् । जंगली जनावरको आक्रमण रोक्न भारतीय पक्षसँगको सहमति लिएरै लगाइएको तारबार एसएसबीले उखेलेर फालेपछि पुनर्वास नगरपालिकामा तनाव बढेको हो । टोल–टोलमा माउन्टेन कार्यक्रममा बोल्ने स्थानीयले बेलैमा सरकारले यो विवाद हल गर्न नसके यसले अप्रिय मोड लिने चेतावनी समेत दिएका छन् ।

    भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । यो विवाद अहिलेको मात्र होइन बर्षौ देखि भारतको मिचाहा प्रवृतिका कारण सीमा क्षेत्रका नेपालीले सास्ती बेहोरिरहेका छन् ।

    पछिल्लो समय कञ्जनपुरको पुर्नवासस्थित १ सय ९५ सीमा स्तम्भ नजिक भारतीय पक्षसँगको सहमति मै नेपालीले निर्माण गरेको विद्युतीय तारबार भारतीय सीमा सुरक्षाबलले उखेलेर फ्याँकेको छ । योसँगै दुई देशबीचको सीमा विवाद फेरि चर्किएको छ ।

    नेपाल र भारतबीचको सीमा विवादको इतिहास लामो छ । सीमा विवाद समाधानका लागि बेलाबखत पहल भएपनि समाधान हुन भने सकेको छैन । पछिल्लो समय भारतीय पक्षसँगको सहमतिअनुसार नेपाली पक्षले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक करिब ६ लाख रुपैयाँ खर्चेर जडान गरिएको विद्युतीय तार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उखेलेर फ्याकेपछि तनाव श्रृजना भएको छ ।

    त्यतीमात्र होइन एसएसबीले विवादित क्षेत्रको अनुगमनका लागि गएका नेपाली जनप्रतिनिधिलाई डेढ घण्टासम्म रोक्यो । जसको कारण २०० नम्बर पिलर कहाँ हो भन्ने विवाद नै हो । भारतले यो पिल्लर नेपालको पुनर्वास रहेको दाबी गरीरहेको छ भने नेपालले भारतको कारगिल भन्दा दक्षिणमा रहेको दाबी गरेको छ ।

    पुर्नबासमा मात्र होइन भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । भारतसँगको १ हजार ८ सय ८० किलोमिटर सीमा क्षेत्रमा भारतले ६० हजार ६ सय ६२ हेक्टर जमिन अतिक्रमण गरेको जानकारहरुको भनाइ छ ।

    भारतले दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित लिपु लेक र लिम्पियाधुरामा मात्र ३७ हजार हेक्टर भूमी अतिक्रमण गरेको छ । यस क्षेत्रमा भारत र चीनले सन् २०१५ मे १५ मा नेपालको सहमतिविना नेपाली भूमी अतिक्रमण हुनेगरी सम्झौता गरेपनि सरकारले आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन ।

    यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न नेपाल भ्रमणका क्रममा राख्नुपर्ने सीमाविद्हरुको भनाइ छ । त्यस्तै भारतले नवलपरासीको सुस्ता क्षेत्रमा पनि धेरै भूमी अतिक्रमण गरेको छ ।

    साविकको सुस्ता गाउँपालिकाको ९ ओटा वडा मध्ये हाल एउटा वडा मात्र बाँकी छ । अधिकांश सीमा क्षेत्रमा भारतले नेपाली भूमी अतिक्रमण गरेपनि समस्या समाधानका लागि ठोस पहल हुन सकेको छैन ।

    सम्बन्धित खवर